भारतमा कोरोना भयाबह,फेरी थपिए ५४ हजार बढी कोरोना संक्रमित, २४ घण्टामा ८५२ को मृत्यु !

साउन १८, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । आइतबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५४ हजार ८६५ जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ ।

भारतमा तीन दिनमा मात्रै १ लाख ६७ हजार ५३५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म ११ लाख ४६ हजार ८७९ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६७ हजार ६३७ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८५२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३७ हजार ४०३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply