सभामुख सापकोटासहित सचिवालयका कर्मचारीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

साउन १८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासहित उनको सचिवालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित उनको स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply