विरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतिसहित झण्डै ३ दर्जन कर्मचारीमा कोरोना संक्रमण

दिपु वर्णवाल                              

साउन २१,विगरञ्ज । वीरगञ्ज महानगरपालिकाकाका २ वडा अध्यक्ष, महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतिसहित अढाई दर्जन भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

नारायणी अस्पतालको पिसीआर ल्याबले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार महानगरका २ वडा अध्यक्ष, महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित थप ३३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

वीरगञ्ज महानगरपालिकाका वडा नं. ४ विर्ताका वडा अध्यक्ष जगत प्रसाद कानु, वडा नं. १८ भवानीपुरका ब्रहमदेव प्रसाद कुर्मी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाससहित थप ३३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको वीरगञ्ज महानगरका मेयर विजय सरावगीका राजनीतिक सल्लहाकार मुकेश द्विवेदीले पुष्टि गरे ।

५० वर्षीय वडाध्यक्ष कानु, ७४ वर्षीय वडाध्यक्ष कुर्मी र ४८ वर्षीय अधिकृत निरौलासहितका नगर प्रमुख सरावगीको सम्पर्कमा आएका कर्मचारी, जनप्रतिनिधिलगायतले श्रावन १६ गते वीरगञ्जस्थित श्री त्रिजुद्ध माध्यमिक विद्यालयमा भएको मास टेस्टिङमा आफ्नो स्वाब जम्मा गराएका थिए ।

आज सार्वजनिक भएको रिपोर्ट अनुसार वीरगञ्ज महानगरपालिकाका ३३ कर्मचारीसहित पर्साका १ सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ । थपिएका संक्रमितमा ४ जना अधिकृत, ८ जना नगर प्रहरी, २ जना सवारी चालक र एक जना प्रमुख प्रशासकीय अधिकृतको आफन्त रहेको द्विवेदीले बताए ।

त्यसैगरि श्री त्रिजुद्ध माधमिक विद्यालयका प्रधानाध्यापक ५२ हरेन्द्र प्रसाद कुर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनलेपनि सोहिदिन आफ्नो स्वाब जम्मा गराएका थिए ।

पर्सामा हालसम्म एकै दिनमा यति ठूलो संख्यामा संक्रमण भेटिएको यो पहिलो हो । यसअघि गत आइतबार एकै दिन पर्सामा ७३ जनामा संक्रमण भेटिएको थियो । १ सय १६ जना संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या ७ सय ३० पुगेको जिल्ला स्वास्थय कार्यालय पर्साले जनाएको छ ।

श्रावन सुरु भएयता वीरगञ्जमा संक्रमितहरुको संख्या लागातार बढिरहेको छ । ११ दिनदेखि यहाँ निषेधाज्ञा जारी गरी समुदायमा देखिएको कोरोना संक्रमण अझ फैलिन नदिन मास टेस्टिङ र कन्टेक्ट ट्रेसिङको काम भइरहेको छ । तर, संक्रमित भेंटिएकाहरुलाई राख्नको लागि आइसोलेसन नहुँदा धेरै संक्रमितहरु आआफ्नो घरमा सेल्फ आइसोलेसनमा बस्दा समुदायमा संक्रमण बढ्ने क्रममा कमी आउँन सकेको छैन ।

कोरोना नियन्त्रण र रोकथामका लागि जिल्लास्थित संयन्त्र र ब्यवस्था अपर्याप्त भएर स्थिती काबु बाहिर जान लागेको आम मानिसको बुझाई छ । यस कारणले वीरगञ्जमा भय र त्रासको माहोल बढ्दो छ ।

संम्बन्धित समचार

Leave a Reply