राष्ट्रपति–प्रधानमन्त्री छलफल सकियो,के भयो कुराकानी ?

साउन २१,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

बुधबार साझ ८ बजेपछि प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

बुधबार दिउँसो पार्टी निकटका सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्ष आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

सो सुचना पाएका प्रधानमन्त्री ओलीले राती ८ बजे राष्ट्रपतिलाई भेटेका हुन् । उनले भण्डारीसंग सरकार सञ्चालन र आगामी रणनितीको विषयमा छलफल गरिएको बुझिएको छ ।

संम्बन्धित समचार

Leave a Reply