जनप्रतिनिधिमा कोरोना संक्रमण बढ्दै, बहुदरमाईका नगरप्रमुख साह पनि संक्रमित

दिपु वर्णवाल                        

साउन २४,विरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र प्रसाद साहसहित थप ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षणमा थप ५५ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । थपिएका सङ्क्रमित मध्ये एक जनाको बिहिबार राति मरेका वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँका ७४ वर्षीय पुरुष पनि रहेका छन् ।

सङ्क्रमित मध्ये पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख ४० वर्षीय नितेन्द्र प्रसाद साहपनि रहेका छन् । ८ महिला रहेका सङ्क्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् ।

सङ्क्रमित मध्ये २ दुगड ग्रुपका कर्मचारी, नेपाल आर्मीका एक जना कर्मचारी र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना कर्मचारी रहेकापनि छन् ।

शनिबार थपिएका सङ्क्रमितहरु मध्ये केहि मास ट्रेसीङमा परेका, केहि कन्ट्याक्ट ट्रेसीङमा परेका र केहिले स्वइच्छाले आफ्नो पिसिआर परिक्षण गराएका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। मदनकुमार उपाध्यायले बताए ।

थपिएका सङ्क्रमित मध्ये ३ जना बारा जिल्ला र १ जना सर्लाही जिल्लाका रहेका छन् भने बाकी सबै वीरगञ्ज महानगरपालिकासहित पर्सा अन्य स्थानीय तहका रहेका मेसु उपाध्यायले जनाए ।

सङ्क्रमितहरु मध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ताकी एक २२ वर्षीय युवती, वडा नं. ७ रेशमकोठीका एक २२ वर्षीय पुरुष, एक जना वीरगञ्ज वडा नं. ९ की ६० वर्षीय महिला, वडा नं. १० का एक जना २२ वर्षीय महिलासहित २४ ३७, ५०५० वर्षीय गरि ४ जना पुरुष रहेका छन् । त्यसैगरि वडा नं. ११ श्रीपुरका एक ३७ वर्षीय पुरुष र एक ५० वर्षीय महिला गरी २ जना रहेका छन् । वडा नं. १२ मुर्लीका एक ४९ र एक ६० वर्षीय २ पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका २४ वर्षका २, ३८ र ५० वर्षका एकरएक गरि वर्षीय गरी ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्साको विश्रामपुर हेल्थ पोस्थमा गरिएको कन्ट्याक्ट ट्रेसीङमा परेका ८ जना, नगरदाहा हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसीङमा परेका एक जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना रहेका छन् ।

बारा जिल्लाको मनरहवाका ४० वर्षीय पुरुष, कलैया उपमहान्गर्पालिका वडा नं. १० का ३१ वर्षीय पुरुष र भलुही भरवालियाका ३० वर्षीय पुरुष सङ्क्रमित भएका छन् सर्लाही जिल्लाका एक १६ वर्षीय पुरुष पनि सङ्क्रमित भएका छन्

संम्बन्धित समचार

Leave a Reply