चन्द्रागिरी नगरपालिकाको सतुंगल क्षेत्रभित्र रहेको राजमार्गको आइल्याण्डमा वृक्षारोपण

साउन २५,काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको सतुंगल क्षेत्रभित्र रहेको राजमार्गको आइल्याण्डमा वृक्षारोपण गरिएको छ । लायन्स क्लब अफ काठमाडौं हाइभिजनको आयोजनामा शनिबार सो वृक्षारोपण गरिएको हो । नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यतामा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा नगरप्रवक्ता हरिभक्त महर्जन, वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसी र वडा नं १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । सतुंगल सीजी इलेक्ट्रोनिक्स अगाडीको राजमार्गको आइल्याण्डमा वृक्षारोपण गर्ने कार्यमा स्थानीप्यको पनि सहभागिता रहेको थियो ।

कलंकी नागढुङ्गा राजमार्गको दायाँ–बायाँ अब छिट्टै नै नगरपालिकाको बजेटबाट अत्याधुनिक सीसी क्यामरा र सडम बत्ती जडानको कार्य शुरू हुने नगरप्रमुखले गिरीले बताए। चन्द्रागिरी नगरपालिकाले यसअघि नै राजमार्गमा सिसी क्यामेरा जडान,आइल्याण्डमा बृक्षारोपण र सडक बत्तीको लागि बजेट छुट्याइसकेको छ ।

नगर प्रमुख गिरीले राजमार्गमा जुनसुकै बेला पनि नागरिकलाई हिड्न अप्ठ्यारो नहुने गरी राजमार्गको यात्रा सुरक्षित बनाउन नगरपालिकाले हरदम प्रयास गरिरहेको बताएका छन् । उनले चन्द्रागिरी नगरपालिका हराभरा र स्वस्थ बनाउन आफ्नो निरन्तर प्रयास जारी रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply