भुटानका सरकार प्रमुख वाङचुक स्वदेश फर्कदै, श्रीलंकन राष्ट्रपति सिरिसेना भोलि मात्रै फर्कने

भाद्र १६,काठमाडौँ । भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक स्वदेश फर्कने भएका छन । क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक आज स्वदेश फर्कन लागेका हुन ।

शुक्रबार लुम्बीनी पुग्नुभएका उनी फर्कर्ने बेला भएकाले अहिले काठमाडौंको सोल्टीमोड देखि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलसम्मको बाटोमा अरु गाडी चलाउन रोक लगाइएको छ ।

अहिले सिनामंगल बानेश्वर पानी ट्याङकी, हनुमानथान, कुण्डोल, सिंहदरबार, बाफल, ताहचल मोड, चुचेपाटी, गौरीघाट हुँदै गाडी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै कोटेश्वर, तीनकुने, सिनामंगल, गौसला, बालाजुबाट रिङरोड प्रवेश गर्ने गाडीलाई पनि चलाउन दिइएको छैन । यसले गर्दा केही समय आवागमन ठप्प हुने छ । सकेसम्म यो बाटोको विकल्प रोज्न ट्राफिक प्रहरीको सुझाव छ । यसैगरि अहिले साढे ८ बजेपछि केहिबेर विमानस्थलबाट हुने सबै उडान र अवतरण बन्द हुने भएको छ । यस्तै, विम्स्टेकमा भाग लिन आएका श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना भोलि मात्रै फकैनेछन । उनी आज लुम्बिनी गएर भोलि मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान व चा शुक्रबार नै स्वदेश फर्केका छन ।

संम्बन्धित समचार

Leave a Reply