देशका ३६ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा !

साउन ३२,काठमाडौँ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि देशका ३६ जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् । सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै विभिन्न ठाउँमा निषेधाज्ञा, लकडाउन, सिल र अत्यावश्यक बाहेकका सेवा बन्द भएका हुन् ।

अहिलेसम्म सप्तरी, धनुषा, नुवाकोट, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, जुम्ला, बर्दिया, बझाङ, मोरङ, दार्चुला, झापा, कञ्चनपुर, काठमाण्डौ, ललितपुर, भक्तपुर, रौतहट, रुपन्देही, कैलाली, मकवानपुर, कपिलवस्तु, धादिङ, रुकुम पश्चिम, धनकुटा, तनहुँ, उदयपुर, सुर्खेत, पाल्पा, रामेछाप, चितवन र दोलखामा प्रशासन र पालिकाले अवस्था हेरेर सिल गर्नेदेखि निषेधाज्ञासम्म जारी गरेका छन् ।

सङ्क्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालयले गर्न हुने र नहुने कुराको सूची जारी गर्छ । जसअनुसार निषेध गरिएका काम गरेको पाइए प्रशासनले कारवाही गर्नेछ । यो निषेधाज्ञा हो भने आवातजावतलाई पूर्ण रुपमा नियन्त्रण गर्न सिल गरिन्छ ।

यो लकडाउन भन्दा पनि कडा हुन्छ । सिल गरिएको ठाउँमा अत्यावश्यक सामग्री लगायतको व्यवस्थापन पालिका र प्रशासनले गर्ने गर्छन् । लकडाउन सिलभन्दा अलि खुकुलो, तर अत्यावश्यक बाहेक अरु सेवा बन्द हुन्छ ।

धेरैजसो पालिकाले गरेको लकडाउन, निषेधाज्ञा, अत्यावश्यक बाहेकका सेवा बन्द र सिलको समय आज सकिँदैछ । तर अवस्था हेरेर सम्बन्धित पालिका र प्रशासनले समय थप्न पनि सक्नेछन् ।

संम्बन्धित समचार

Leave a Reply