मुलुकी ऐन संशोधनको माग राख्दै चिकित्सक संघ आन्दोलनमा,आकस्मिक बाहेकका सेवा बन्द

भाद्र १७,काठमाडौँ । नेपाल चिकित्सक संघले आज डाक्टरहरुको प्रमाणपत्र (लाइसेन्स) मेडिकल काउन्सिललाई फिर्ता गर्ने भएको छ ।

१ भदौबाट कार्यान्वयमा आएको मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले आज देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने भनेको छ ।

आज १० बजे माइतीघर मण्डला भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र बुझाउने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा भएको र त्यसलाई काउन्सिलमा बुझाउन लागिएको श्रेष्ठले बताए ।

यसअघि भदौ १ मा नै चिकित्सकहरुले प्रमाणपत्र काउन्सिलमा बुझाउने बताएका थिए । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि रोकिएको थियो ।

डा. श्रेष्ठका अनुसार प्रमाणपत्र बुझाएपछि मेडिकल काउन्सिलले लिस्टबाट नहटाएसम्म डाक्टरहरुले उपचार गर्न सक्छन् । तर, बिहीबारदेखि भने देशभर आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा चिकित्सक संघले गरेको छ ।

मुलुकी फौजदारी सहितामा उपचारका क्रममा लार्पवाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघले भने त्यसलाई संशोधन गरेर लार्पवाही भए नभएको विज्ञ समूहले अध्ययन गर्ने थप गर्न माग गरेको छ ।

संम्बन्धित समचार

Leave a Reply