पाटन अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु

भाद्र १०,काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

संम्बन्धित समचार

Leave a Reply