मकवानपुरमा एकैदिन ६१ जना कोरोना संक्रमणमुक्त

भाद्र १२, हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ११५ पुगेको छ । हेटौंडाबाट बिहीबार एकैदिन ६१ जना संक्रमणमुक्त भएका थिए । हेटौंडा आइसोलेसनका इन्चार्ज भोला चौलागाईंका अनुसार हेटौंडा–६ गौरीटार आइसोलेसनबाट ३०, हेटौंडा आइसोलेसनबाट १ र होम आइसोलेसनमा रहेका ३० जना कोरोनामुक्त भएका हुन् । हेटौंडामा धेरै संख्यामा कोरोनामुक्त भएको यो पहिलो हो ।

‘कोरोना पुष्टि भएको १४ दिन बितेकाहरुको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो । हामीले २४ घण्टाको बीचमा दुईवटा स्वाब रिपोर्ट नेगेटिभ आएसँगै उहाँहरुलाई डिस्चार्ज गरेका हौं,’ चौलागाईंले भने । हेटौंडा–१०, स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनका अनुसार हालसम्म मकवानपुरमा ४२९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संम्बन्धित समचार

Leave a Reply