चितवनका १९ सँगै थप २९ जनामा कोरोना संक्रमण

भाद्र १६, चितवन । चितवनका थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनका १९ र बाहिरी जिल्लाका १० जनामा कोरोना संक्रमण देखिएसँगै पछिल्लो चौबीस घण्टामा थप २९ जनामा कोरोना संक्रमण देखिएको हो । चितवन मेडिकल कलेज ९सीएमसी० ले आज सार्वजनिक गरेको विवरणअनुसार भरतपुर महानगरपालिकाका १० जना, रत्ननगर नगरपालिकाका ५ , खैरहनी नगरपालिकाका ३ र राप्तीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकी १० जना संक्रमित अन्य जिल्लाका छन् । जसअनुसार नवलपुरका तीनजना, मकवानपुरका दुईजना, कैलालीका दुई, रुपन्देहीका दुईजना र महोत्तरीका एकजना संक्रमित छन् । प्रयोगशालाले सोमबार १७३ जनाको स्वाब संकलन गरेको मध्ये १४४ जनाको नमुना नेगेटिभ आएको छ ।

संम्बन्धित समचार

Leave a Reply