आज च्याम्पियन्स लिग फाइनल : रियल र लिभरपुल भिड्दै

जेठ १२,काठमाडौँ । च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन् । खेल नेपाली समयानुसार रातको साढे १२ मा सुरु हुनेछ । फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ । लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ ।

लिभरपुलका प्रशिक्षक यर्गन क्लपले रियलको बेञ्च बलियो भएपनि लिभरपुल फाइनल जित्न तयार रहेको बताएका छन । रियलका प्रशिक्षक जिनेदिन जिदान रियल केही दबाबमा रहेपनि नतिजा आफ्नो पक्षमा पार्ने बताए ।

संम्बन्धित समचार

Leave a Reply