कुलमानको पुनर्नियुक्ति कानुन अनुसार मिल्दैन : सरकारका प्रवक्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज २, रुपन्देही । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार नमिल्ने बताएका छन् । प्रेस संगठनले रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले घिसिङको पुनर्नियुक्ति कानुन अनुसार नमिल्ने बताए । उनले भने, ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन ।’

नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहेपनि उनको मात्र भूमिका नरहेको तर्क गरे । सरकारले अब कार्यक्षमताका आधारमा नियुक्ति गर्ने ज्ञवालीले जानकारी दिए । उनले भने, विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन । मुलुकको हित र कार्यक्षमताका अधारमा कार्यकारी निर्देशक नियुक्त गरिन्छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस