पर्सा र बारामा १८ जनामा कोरोना संक्रमण पुष्टि

दिपु वर्णवाल

असोज ६,काठमाडौ । पर्सा र बारामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जिल्लाको विभिन्न स्थानबाट आएको तिन सयजनाको स्वाबको नमुनालाई पिसिआर प्रविधि मार्फत परिक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

नारायानी अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार चार महिलासहित संक्रमण पुष्टि भएकामध्ये पथलैयामा कार्यरत दुई जना सशस्त्र प्रहरी बलका जवानसमेत रहेका छन् ।

थपिएका १८ जना संक्रमितमध्ये ६ जना पर्सा जिल्लाका बासिन्दा हुन् भने बाकी १२ जना बारा जिल्लाको रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र १४ मा एक/एक जना, सखुवापर्सौनीको वडा नम्बर २ मा एक जना र वीरगञ्जकै तर वडा नखुलेका तिन जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले बताए ।

उनले बारा जिल्लामा थपिएका संक्रमितमध्ये दुई जना सशस्त्र प्रहरी बलका दुई प्रहरी जवानसमेत रहेको जानकारी दिए । त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिकाको विभिन्न वडाका ८ जना, मोत्तिसर र कट्टीपर्साका एक/एक जनामा संक्रमण देखिएको छ ।

थपिएका संक्रमितहरुमा १२ वर्षीय बालकदेखि ८५ वर्षीय वृद्धसमेत रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply