वीरगञ्जका थप ११ जनामा कोरोना संक्रमण पुष्टि

दिपु वर्णवाल                                               

असोज ८,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा रिएजेन्ट किट उपलब्ध भएसँगै पिसिआर परिक्षण पुन: सुरु भएको छ । अस्पतालले बुधबारदेखि पिसिआर प्रविधिबाट कोरोना परिक्षण पुन: सुरु गरेको हो । बुधबार राति भएको परिक्षणमा थप १४ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

बुधबार अबेर रातिसम्म चलेको पिसिआर परिक्षणको नतिजा आउँदा ९ जना महिलासहित १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्साका ११ जनासहित थप १४ जनामा संक्रमण देखिएको हो ।

अस्पतालमा पर्सा, बारा र अन्य जिल्लाबाट आएको २०६ जनाको थ्रोट स्वाबलाई परिक्षण गरिएको थिय । पर्साका १९७ जना र बाराका जम्मा ९ जनागरी २०६ जनाको स्वाब परिक्षण गरिएको उनले बताए ।

१४ जना थपिएका संक्रमतिमध्ये पर्साका ११ जना रहेका छन् भने विपद् व्यवस्थापन गुल्मका एक जना, त्रिजुद्ध स्कुलस्थित क्वारेन्टिनमा रहेका तर ठेगना नखुलेका एक जना र काठमाडौँका एक जनागरी ३ जना रहेको डाक्टर चौरसियाले जानकारी दिए ।

पर्सामा कोरोना पुष्टि भएका सबै संक्रमित वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका बासिन्दा रहेका छन् । वीरगञ्ज महानगरपालिकामा थपिएका संक्रमितहरु वडा नम्बर ३ का तिन जना, वडा नम्बर १० र २८ का दुईरदुई जना र वडा नम्बर २, ४, १० र २० का एकरएक जना रहेका छन् ।

थपिएका संक्रमतिको सिटी भ्यालु १७ देखि ३५ सम्म रहेको उनले बताए छ । संक्रमण पुष्टि भएकाहरुमा १५ वर्षीय किशोरदेखि ६३ वर्षीय वृद्धसमेत रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply