रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

असोज ११,वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार भएको क्लबको चौथो पदस्थापन कार्यक्रममा सलोनी रौनियार बर्ष २०२०/२१ को अध्यक्षमा पदस्थापित भएकी हुन् । क्लबका बर्ष २०१९ र २० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले रौनियारलाई आगामी बर्षको नेतृत्व प्रदान गर्दै अध्यक्षको माला लगाइदिएका थिए ।

त्यस्तै पद हस्तान्तरणपछि बोल्दै क्लबकि अध्यक्ष रौनियारले ‘हुमानिटि फर कम्युनिटी’ भन्ने मूल नारालाई आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने बताए । रोट्रयाक्ट क्लबको यस बर्षको अध्यक्ष पदमा निर्वाचित भएसँगै यस क्लबको कार्यमा थप एक इँटा थप्न पाउँदा गौरब महशुस भएको रौनियारले बताए । पेशाले टिचर रहनुभएका रौनियारले व्यक्तित्व विकास अबसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा रहने जानकारी गराए । गतबर्ष जस्तै र त्यो भन्दा बढी र राम्रो काम गर्ने लक्ष्य सहित आफु अघि बढेको र सबैको साथ, सल्लाह र अपेक्षाको आशा रहेको उनले बताए ।

पद हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका पूर्व प्रेसिडेन्ट रम्भा मिश्राले रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसले हालसम्म उत्कृष्ट काम गर्दै आएको र आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझै विशिष्ट काम गर्न नयाँ प्रेसिडेन्ट रौनियारलाई शुभकामना दिइन । कोरोना महामारीको समयमा प्रेसिडेन्ट भएका कारण थप अवसर र चुनौती आउने हुँदा ति कुरालाई मध्यनजर गर्दै फरक ढंगबाट काम गरेर क्लबलाई अघि बढाउन समेत उनले सुझाब दिएकी थिइन ।

क्लबका हरेक साना ठुला कार्यलाई आफुले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस क्लबबाट धेरै युवाहरुले आफ्नो भविष्य बनाउन, आफ्नो व्यक्तित्व विकास गर्न सहजता प्रदान गर्ने भएकाले सबै मेम्बरले क्लबका कार्यलाई नयाँ अवसरका रुपमा लिएर संधै सहभागिता जनाउन समेत उनले आग्रह गरिन । कार्यक्रममा रोटरी क्लब वीरगञ्ज मेट्रोपोलिसका अनिल जैसवालले अध्यक्ष सलोनी रौनियारलाई सपथ ग्रहण गराएक थिए भने अध्यक्ष रौनियारले बोर्ड मेम्बरलाई सपथ ग्रहण गराएका थिन । त्यस्तै कार्यक्रममा नयाँ मेम्बरलाई समेत सपथ ग्रहण गराएर ब्याच वितरण गरिएको थियो ।

कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष गोपाल कृष्ण कन्डोईले वर्षभरी गरेका कामको प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । कनडोइले एक बर्षमा धेरै प्रोजेक्ट गर्न सफल भएको भन्दै सबै मेम्बर र बोर्ड मेम्बरका साथिहरुलाई साथ र सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्ज मेट्रो पोलिसका सचिव चन्दन सिंह, रोट्रयाक्ट ३२९२ जोन १३ का जेडआरआर प्रकाश कर्णलगायतकाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सलोनी रौनियारले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने उपस्थिती भएकाहरुलाई क्लबका सल्लाहकार अमित शर्माले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा वर्ष भरि क्लबलाई सहयोग गर्ने क्वेस्ट फर्मास्यिुटिक्लस्, प्रकाश डान्स् स्टुडियो, नेपाल पोष्ट डेलि, जि नेपाल एचडि टिभी लगायतलाई सम्मन गरिएको थियो । कार्यक्रमको सहजीकरण मधु प्रजापतिले गरेकी थिईन् ।

संम्बन्धित समचार

Leave a Reply