पर्सा र बारामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

-दिपु वर्णवाल

असोज १२, वीरगञ्ज । पर्सा र बारामा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थति नारायणी अस्पतालको प्रयोशालामा सोमबार राति गरिएको परिक्षण अनुसार आईतबार पर्साका ६ र बाराका १ जना गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सा र बाराको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको १ सय ९१ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा २४ वर्षदेखि ६५ वर्ष उमेर समुहसम्मका एक महिलासहित थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनले पर्सामा संक्रमण पुष्टि भएकामध्ये पाँच जना वीरगञ्जका विभिन्न वडाको बासिन्दा रहेको बताए । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ र ८ का दुई/दुई जना र नारायणी वयोधा अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी धोबिनी गाउँपालिका वडा नम्बर ३ को एक जनापनि संक्रमित भएका छन् । उता, बाराको देवताल गाउँपालिकाको वडा नम्बर १ मा एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए । उनले थपिएका संक्रमितको सिटी भ्यालु १७ देखि २८ सम्म रहेको डा. चौरसियाले बताए ।

संम्बन्धित समचार

Leave a Reply