रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलको नवौं पद हस्तान्तरण, अध्यक्षमा ऋषी कडरिया

असोज ,काठमाडौँ । रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलको नवौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गएको शुक्रबार भएको क्लबको आठौँ पदस्थापन कार्यक्रममा क्लबका बर्ष २०१९ र २० का अध्यक्ष दिपक न्यौपानेले बर्ष २०२० र २१ का अध्यक्षमा ऋषी कडरियालाई पद हस्तान्तरण गरेका हुन् ।

पद ग्रहण गर्दै क्लबका अध्यक्ष कडरियाले “हुमानिटि फर कम्युनिटी” भन्ने मूल नारालाई आत्मसाथ गरेर सामाजिक कार्य गर्दै अघि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा क्लवलाई थप उचाइमा पुराउने गरी कामहरु गर्ने प्रतिबद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष कडरियाले व्यक्तित्व विकास अबसरको सिर्जना र सामाजिक उत्तरदायित्व क्लबको पहिलो प्राथमिकतामा बताउनुभयो । गत वर्षका कार्यक्रमलाई पनि निरन्तरता दिदैँ सबैको सहयोग र सदभावबाट नै आफु अघि बढ्ने उल्लेख गरे ।

पद हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ रुद्रमती,काठमाडौँका प्रेसिडेन्ट सुदिप कोइरालाले रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलले हालसम्म उत्कृष्ट काम गर्दै आएको र आगामी दिनमा पनि बिभिन्न सामाजिक कार्यलाई प्राथमिकतामा राखेर अझै उदाहरणीय काम गर्न अनुरोध गर्दै बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा रोटरी क्लब अफ रुद्रमतीका सेक्रेटरी रोशन कार्कीले अध्यक्ष ऋषी कडरियालाई सपथ ग्रहण गराएका थिए । भने अध्यक्ष कडरियाले बोर्ड मेम्बरलाई सपथ ग्रहण गराए । त्यस्तै कार्यक्रममा नयाँ मेम्बरलाई समेत सपथ ग्रहण गराएर ब्याच वितरण गरिएको थियो ।

कार्यक्रममा बर्ष २०१९ –२० का अध्यक्ष दिपक न्यौपानेले वर्षभरी गरेका कामको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । न्यौपानेले एक बर्षमा धेरै प्रोजेक्ट गर्न सफल भएको भन्दै सबै मेम्बर र बोर्ड मेम्बरका पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । पुर्व अध्यक्षहरु किशोर त्रिपाठी , कृष्ण ढकाल , नरेन्द्र ऐयर लगायतको आतिथ्यतामा कार्यक्रम भएको हो ।

बर्ष १९ र२० मा क्लबका कार्यक्रममा उत्सुकताका साथ सहभागिता जनाउने प्रजिता घिमिरे ,पृथ्वी श्रेष्ठ ,मनोज पाठक , आशिक श्रेष्ठ लगायत का मेम्बरहरुलाई अर्वाड प्रदान गरिएको थियो ।

कार्यक्रमरोट्रयाक्ट क्बल अफ रुद्रमती बबरमहलका सेक्रेटरी सुमित भट्टको स्वागत तथा भाइस प्रेसिडेन्ट पृथ्वी श्रेष्ठको धन्यवाद ज्ञापन रहेको थियो । प्रत्यक्ष रुपमा उपस्थित हुन नसक्ने मेम्बरहरुले अनलाइन जुम एपमार्फत सहभागिता जनाएका थिए ।

संम्बन्धित समचार

Leave a Reply