विश्वभर कोरोनामुक्त हुनेको संख्यामा बृद्धि, २ करोड ५८ लाखभन्दा बढी संक्रमित घर फर्किए !

असोज १७, काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ५८ लाख ७४ हजार ७३७ पुगेको छ । निको हुनेको संख्या कूल संक्रमितको ७४।३२ प्रतिशत हो । पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ । नेपालमा शुक्रबार थप तीन हजार ३०७ सहित कूल ६० हजार ६९६ जना उपचारपछि निको भइसकेका छन् । यहाँ सक्रिय संक्रमितको संख्या हाल २१ हजार २३४ रहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ४७ लाख ७१ हजार ४९० जना उपचारपछि कोरोनामुक्त भएका छन् । त्यहाँ अहिले पनि २५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन् । भारतमा हाल नौ लाख ४५ हजारभन्दा बढी सक्रिय केस रहेका छन् ।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४२ लाख ३२ हजार ५९३ पुगेको छ । त्यहाँ सक्रिय संक्रमितको संख्या पाँच लाख चार हजार २०७ रहेको तथ्यांक छ । संक्रमित धेरै हुने मुलुकहरू रसियामा नौ लाख ७० हजार २९६, पेरूमा ६ लाख ९० हजार ५२८, कोलम्बियामा सात लाख ५३ हजार ९५३, अर्जेन्टिनामा ६ लाख १४ हजार, दक्षिण अफ्रिकामा ६ लाख ११ हजार ४४ तथा मेक्सिकोमा पाँच लाख ३७ हजार ४७५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ ।

संम्बन्धित समचार

Leave a Reply