कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य जारी

असोज १९, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने गरी गृहकार्य भइरहेको बताएका छन् । उनले विद्यालय तहको अन्तिम परीक्षा भएकाले लिखित लिनुको विकल्प नभएको स्पष्ट पारेका छन् । परीक्षा सम्बन्धी गृहकार्य गरिरहेका तथा केही दिनमा निर्णय हुने जानकारी दिँदै उनले दुर्गममा होम सेन्टर, सुगममा नजिकको परीक्षा केन्द्रमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बताए । राष्ट्रिय परीक्षा बोर्डले जिल्लाबाहिर रहेका विद्यार्थीको तथ्यांक संकलन गरिरहेको र सो तथ्यांक प्राप्त भएपछि कसरी लिखित परीक्षा व्यवस्थापन गर्ने भन्ने विषयमा निर्णय हुने मन्त्रीले बताए ।

मन्त्रालयको पछिल्लो तयारीको अवस्था विश्लेषण गर्दा मंसिर यता परीक्षा हुने छाँट देखिएको छैन । मन्त्री पोखरेलले भने अन्तिम तयारी भइरहेको दाबी गरे । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारीसाधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्थापन गर्न बोर्डलाई निर्देशन दिने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले लिखितरुपमा परीक्षा लिने प्रस्तावको बारेमा छलफल भइरहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply