तपाईको यो साताको भाग्य कस्तो छ ? साप्ताहिक राशिफल हेर्नुहोस्

मेष
यो साता मानको डर हराएर जानेछ । छोटो दुरीको लाभदायक यात्रा होला । सांस्कृतिक क्षेत्रमा रुचीपनि बढ्नेछ । घर परिवारमा धार्मिक कृत्यको योगछ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष
यो सातामा घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धनपनि हात पर्न सक्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।
मिथुन
यो साता धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । शेयर बाजारबाटपनि फाईदा हुनेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
कर्कट
यो साता स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । चुनौतीहरूसमेत सामना गर्नुपर्ने हुन सक्छ । बुधबार पछिका दिनमा सहजता महसुस होला । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ स्थानबाट आर्थिक लाभपनि मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह
यो साता रोकिएको धन हात पर्ला । रोकिएको धन हात पर्ला । नयाँ कार्यको योजना बन्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । समाजिक कार्यमा मन जाला । जोश जाँगर र हिम्मत बढ्नेछ । बोलीको प्रभावबढ्दै जानेछ । आकस्मिक समस्या आइलागे पनि काममा सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
कन्या
यो साता साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धैर्य वं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । साताको उत्तरार्धबाट सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।
तुला
यो साता मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । लाभदायक यात्रा होला । शुभ समाचारपनि सुन्न पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साताको अन्त्यमा दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शनगरी कार्य आरंभ गर्दा अधिक सफलता मिल्नेछ ।
वृश्चिक
साता आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सहकर्मीबाट विरोध आउन सक्छ । अनावश्यक र फजुलमा खर्च बढ्नेछ । साताको उत्तरार्धबाट नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक भेटघाटले मन प्रसन्न रहला । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको दर्शन गरी आफ्नो कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
धनु
पुरानो समस्या सुल्झाउन सकिनेछ । सामाजिक कार्यमा मन जानेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सानातिना बाधा आइलागे पनि आफ्नो काम रोकिने छैन । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । वैचारिक मनमुटाव बढ्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर
यो सतामा शुभारम्भको चर्चा चल्नेछ । लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । प्रेममा मधुरता छाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । आफन्तको प्रगतिमा मन रमाउनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
कुम्भ
यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मध्य साताम मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । मनमा दुविधापनि हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग कालो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन
मनमा उत्साहका साथै बोली विक्ने समयछ । मनमा उमङ्ग र उत्साह छाउनेछ । आस मारिसकेको काम बन्नेछ । विद्यामा सफलता र मान प्रतिष्ठामा बृद्धिपनि होला । साताको मध्यमा मन भावुक र उत्ताउलो बन्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग पहेँलो वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

संम्बन्धित समचार

Leave a Reply