कस्तो छ आज दिनभरको मौसम ?

असोज २४, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राती प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भु भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply