आईपीएलमा बैंगलोरको सहज जित, चेन्नई पाँचौं पटक पराजित !

असोज २५, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले ३७ रनको जित निकालेको छ । महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सलाई हराएर जित निकाल्दा बैंगलोरले कप्तान विराट कोहली म्यान अफ दि म्याच बने । टस जितेर ब्याटिङ रोजेको बैंगलोरले सम्पूर्ण ओभर खेलेर चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य पछ्याएको चेन्नई पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १३२ रनमा समेटिएपछि बैंगलोरले जित निकालेको हो । बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित ९० रनको पारी खेले ।

उनले समान चार चौका र चार छक्काको सहयोगमा ९० रन बनाए। त्यस्तै, देवदत्त पोडिक्कलले ३३ रन बनाए भने शिवम् दुवेले २२ रनबनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन् ।
चेन्नईका लागि श्रदुल ठाकुरले दुई विकेट लिए । दिपक चहार र साम कुरनले समान १–१ विकेट लिए । जवाफी ब्याटिङमा आएको चेन्नईका अम्बाती रायडूले ४२ रनको पारी खेले भने नारायाण जगादिसनले ३३ रन बानाए । कप्तान धोनी १० रनमै बाहिरिए। अन्य खेलाडीले पनि सम्झनलायक प्रदर्शन गरेनन् । बैंगलोरका लागि क्रिस मोरिसले तीन विकेट लिए भने वासिंटन सुन्दरले दुई विकेट लिए । जितसहित बैंगलोर अंकतालिकाको चौथो स्थानमा छ भने चेन्नई पुछारबाट तेस्रो स्थानमा छ ।

 

संम्बन्धित समचार

Leave a Reply