नेपालमा ३ सय ७३ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटर उपचार गर्दै

असोज २७, काठमाण्डौ । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६९ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३९ जना आइसियु र ५ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ४, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ आइसियुमा उपचाररत रहेका छन्।

संम्बन्धित समचार

Leave a Reply