आई पे रेमिटको दशै योजना: “आई पे रेमिटबाट पैसा आयो, उपहारमा बाईक पायो”

कातिक १,काठमाडौँ । आई पे रेमिट प्रा. लि. ले नेपालीहरुको महान् चाडपर्व दशैं, तिहार र छठकोे समयलाई लक्षित गरी “आई पे रेमिटबाट पैसा आयो, उपहारमा बाईक पायो” भन्ने विशेष उपहार योजना र्सावजनिक गरेको छ । यस योजना अन्तर्गत आई पे रेमिट को मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्तगर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्तगर्न सक्नेछन् । यस योजनाको अवधिकार्तिक १ गते देखि मंसिर ५ गते सम्म रहने छ ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्नुहुनेछ । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्नुहुनेछ । तथा १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुपबाईक जित्न सक्नुहुनेछ । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्रमार्फत गरिनेछ र सोको जानकारी आई पे रेमिट को आधिकारिक फेसबुक पेजमार्फत दैनिक प्रकाशन गरिने छ ।

आई पे रेमिट प्रा. लि ले आफ्नो स्थापनाकाल देखिनै ग्राहकहरुलाई छिटो,छरितो तथा सर्वसुलभ रुपमाआफ्ना देशभरि छरिएर रहेका १०,०००ं साझेदारहरुबाट रकम भुक्तानी साथै नेपालका बैंक तथा वित्तिय संस्थाहरुमा तुरुन्तै पैसा जम्मा (रियल टाईम एकाउन्ट डिपोजिट) गर्ने सुविधा प्रदान गर्दै आएको कम्पनीका मार्केटिङ्ग तथा सेल्स प्रबन्धक रुप नारायण श्रेष्ठले जानकारी अनलाईन केन्द्रलाई जानकारी दिए ।

 

 

संम्बन्धित समचार

Leave a Reply