सुनसरीमा कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु !

 

कार्तिक २, सुनसरी । सुनसरीमा आइतबार बिहान कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकहरुमा एक जना धरान उपमहानगर–८ लाङ्घाली चोककी ८३ वर्षीया महिला र अर्का इटहरी उपमहानगर–१ का ७९ वर्षीय पुरुष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल धरानकी वृद्धा महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो भने पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर आईसियू अभाव भएपछि होम आइसोलेसनमा बसेकी महिलाको वृद्धाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । मृतक महिलाको असोज ३० गते प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना पाजिटिभ रिपोर्ट आएको थियो ।

 

यसैगरी इटहरी उपमहानगरपालिका–१ का कोरोना संक्रमितको आइतबार बिहानै मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार मुटु र मधुमेहको दीर्घरोगी समेत रहेका ७९ वर्षीय पुरुषको बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनलाई असोज २६ गते पीसीआर जाँच गर्दा कोरोना पाजिटिभ देखिएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा २७ गते भर्ना गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply