काठमाडौं उपत्यकामा कहा छन् यात्रु सहायता कक्ष ?

कार्तिक ४, काठमाण्डौ । सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदियन सहायता संस्थाद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग र नाडाको सहकार्यमा काठमाडौं जिल्लाभित्र ११ विभिन्न ठाउँमा यात्रु सहायता कक्ष व्यवस्था गरिएको छ । चाडपर्व र कोरोना प्रतिकूल स्थितिलाई दृष्टिगत गरेर बल्खु, गोंगबु बसपार्क, फर्पिङ, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरु भएको हो ।

गोंगबु बसपार्कमा आयोजित हस्तान्तरण कार्यक्रममा सिप्रदियन सहायता संस्थाका रजत श्रेष्ठ, टाटा मोटर्स कमर्सियल गाडीका सुरज सिंह, यातायात व्यवस्था विभागका केशव जम्मरकट्टेल, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरीका कर्मचारी प्रतिनिधि उपस्थित थिए । कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थित हुने महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा नेपाल प्रहरीका कर्मचारीलाई स्यानिटाइजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply