अलकायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिए

कार्तिक १०, काठमाडौ । अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्री मारिएका छन् ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीट गर्दै सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए ।

मस्रीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको इजिप्टका नागरिक मस्री अल कायदाका दोस्रो उच्च नेता भएको बताइएको छ ।

हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अलकायदामा २०० भन्दा कम व्यक्तिको संलग्न रहेको बताएका थिए । शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

विस्फोटमा कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ ।

संम्बन्धित समचार

Leave a Reply