कोरोनाबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ९२० पुग्यो !

कार्तिक १४, काठमाण्डौ । कोरोनाबाट पछिल्लो २४ घण्टायता थप १६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता देशभर थप ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये १३६१ जना महिला र २१५६ जना पुरुष रहेका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या १६८२३५ पुगेको छ । संक्रमितमध्ये प्रदेश १ मा ५६८ जना, प्रदेश २ मा १०९ जना, वागमती प्रदेशमा २२६६ जना, गण्डकी प्रदेशमा २२४ जना लुम्बीनी प्रदेशमा २६५ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चिम प्रदेशमा ५१ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज ४०९६ जना संक्रमित निको भएका छन् भने हालसम्म निको हुनेको संख्या १२८९५८ पुगेको छ । हाल देशभर ३८३५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल क्वारेन्टाइनमा २६६६ रहेको मन्त्रालयले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply