शेयरमा लगानी गर्नेले नाफा कमाउने हो भने यसो गर्नुहोस्

कार्तिक १६, काठमाण्डौ । तपाई शेयरमा लगानी गर्ने गर्नुभएको छ ? तपाईले शेयरबजारमा प्रवेश गर्दा केही कुरामा निक्कै ध्यान दिनुपर्ने देखिन्छ । शेयरमा लगानी गर्नेबेला तपाईले यस्ता कुरामा ख्याल गर्नुभयो भने तपाईको लगानीले कहिल्यै घाटामा जाँदैन । सबैभन्दा पहिला तपाई आफुले लगानी गर्नुअघि लगानी गर्ने कम्पनीको मूल्य–आम्दानी अनुपात, प्रति शेयर आम्दानी, लाभांश तथा वार्षिक वृद्धिदरका बारेमा जानकारी राख्नुहोस ।

यस्ता सूचकहरुको हिसाब किताब कसरी गरिन्छ र गरिएको छ भन्ने बुझ्नुहोस तथा सो कम्पनीसँग अन्य सोही प्रकृतिका कम्पनीको तुलना गरी यसबारेमा स्पष्ट हुनु जरुरी हुन्छ । हामीले तपाईलाई लगानी गर्नुपूर्व अनिवार्य ख्याल गर्नुपर्ने केही बिषयका बारेमा यो आलेखमा चर्चा गर्ने प्रयास गरेका छौ जसले तपाईको लगानीलाई नाफामा लैजान सहयोग पुर्‍याउने छ ।

१. प्रतिशेयर आम्दानी

सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा भनेको सो कम्पनीको प्रति शेयर आम्दानी कति छ भन्ने नै हो । यो नै तपाईँको लगानीको प्रतिफल दिने आधार हो । प्रति शेयर आम्दानी बढ्दै गए, बजार मूल्य पनि बढ्दै जाने तथा प्रतिशेयर आम्दानी घट्दै गए बजार मूल्य पनि घट्दै जाने भएकाले यसबारेमा सचेत रहनुपर्दछ ।

२. लाभांश

लाभांश अर्को महत्वपूर्ण सूचक हो । खासगरी शेयर बजारमा खेलिरहन नचाहने व्यक्तिहरुले एउटा कम्पनीको शेयर खरिद गरी वार्षिक लाभांश कुरेर समेत बसिरहेका हुन्छन्, यसर्थ राम्रो लाभांश प्रदान गर्ने कम्पनीलाई बढी विश्वास गर्ने र बढीमा शेयर खरिद गर्ने सम्भावना रहन्छ । स्थिर वा बढोत्तरी लाभांशले कम्पनीको नगद प्रवाह राम्रो छ र यसको प्रतिफल भविष्यमा राम्रो हुनेछ भन्ने विश्वास दिलाउँछ । कतिपय कम्पनीले प्रतिशेयर आम्दानी बढी नै गरे पनि लाभांश वितरणमा कञ्जुस्याई गर्ने गरेको देखिन्छ ।

३. ऋण

कुनै कम्पनीमा लगानी गर्नुअघि त्यस कम्पनीको ऋणको अवस्था के छ भन्ने स्पष्ट हुनुहोस । कतिपय कम्पनीहरुले अत्यधिक ऋण लिएर कुनै योजना सञ्चालन गरिरहेका छन्, भने यसबारेमा बुझ्नु जरुरी छ । महत्वाकांक्षी योजनामा केही सामान्य उतारचढाव आएमा पनि ऋणले ग्रस्त कम्पनी तत्कालै टाट लाग्ने अवस्थामा पुग्न सक्छ । यसकारण कम्पनीको ऋणको अवस्थाका बारेमा लगानीकर्ताले मुख्य ध्यान पुर्याउनुपर्दछ ।

४. भावी योजना र सम्भावना

कुनै पनि कम्पनीमा लामो समयसम्म शेयरधनी बन्न चाहनुहुन्छ भने सो कम्पनीको सम्भाव्यताका बारेमा बुझ्नुहोस । मानौँ कि, कुनै जलविद्युत कम्पनीको ठुला योजना निर्माणाधीन रहँदासम्म त्यसले लाभांश दिनै सक्दैन तर त्यो पूर्ण भएपछि निरन्तर उच्च मुनाफा दिन सक्दछ । घरजग्गा लगायतका क्षेत्रमा लगानी गर्नेहरुको पनि अवस्था त्यस्तै रहन्छ । मौसम अनुसार कृषिको लगानी र औषधी विषादीको लगानीमा फरक पर्न सक्दछ । तसर्थ लगानी गर्नुअघि त्यस कम्पनीको लगानी कुन क्षेत्रमा कति लागेको छ, त्यसको प्रतिफल आउन सम्भावित कति समय लाग्छ र आफू बजारमा कति समय रहिन्छ भन्ने बारेमा अध्ययन आँकलन गरी लगानी गर्नुपर्दछ ।

५. मूल्य–आम्दानी अनुपात

आफूले लगानी गर्न लागेको कम्पनीको अवस्थासँग अन्य सोही प्रकृतिका कम्पनीहरुको तुलना गर्नुहोस । मूल्य आम्दानी अनुपातलाई ध्यान दिई त्यसमा थप जानकारी लिनुहोस । कुनै चिजलाई तपाईले रु. १०० तिर्नुभएको छ र त्यस्तै अर्को चिजलाई रु. १० मा पाउनुभएको छ भने यी २ चिजले दिने आम्दानीका बारेमा स्पष्ट हुनुहोस । पहिलो चिजले तपाईलाई प्रतिवर्ष रु. ९ बराबर आम्दानी गराउँछ र दोस्रोले रु. १ बराबर मात्रै आम्दानी गराउँछ भने पनि त्यसमा दोस्रोको अनुपात बढी हुन आउँछ । तसर्थ नाफालाई मात्र होइन, आम्दानी मूल्य अनुपातलाई तुलना गरी बजारमा पस्नुहोस ।

६. ब्राण्ड

कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसको ब्राण्डको बारेमा पनि याद गर्नुहोस । कतिपय कम्पनीको ब्राण्ड मूल्य नै वास्तविक मूल्यभन्दा निकै बढी समेत हुन सक्दछ । ब्राण्ड बनिसकेका कम्पनीले अल्पकालीन रुपमा सोचेजस्तो आम्दानी गर्न नसके पनि दीर्घकालीन रुपमा राम्रो प्रतिफल दिन सक्छन । तसर्थ ब्राण्डको मूल्यसमेत बुझेर लगानी गर्नुहोस । यी सबै पक्षलाई स्पष्टसँग बुझेर कुनै कम्पनीमा लगानी गर्नुभयो भने लगानीले राम्रो प्रतिफल दिन सक्दछ ।

शेयरमा लगानी गर्नेहरुलाई नाफामा लैजान्छ

लगानीकर्ताका लागी सबैभन्दा बढि आर्कषणको क्षेत्र मानिए पनि पुँजीबजारलाई सबैभन्दा लाभप्रद सँगै र जोखिमपूर्ण लगानीको क्षेत्र मानिन्छ ।

विश्वभर यो क्षेत्रमा बुझेर लगानी गर्नेहरुले मनग्ये लाभ उठाइरहेका छन् भर्ने कसैले कमाएको देखेर वहकावमा हाम फाल्नेहरु आफ्नो लगानी गुमाउनुपरेका घटनाहरुपनि धेरै भेटिन्छन । वास्तवमै भन्ने हो भने शेयर बजार लगानीकर्ताहरुको मैदान हो । जहाँ खेलका लागी तम्सिएका एक पक्षले जित्छन र अर्को पक्षले हार बेर्होनुपर्ने हुन्छ ।

खासमा जसले यो क्षेत्रबारे स्पष्ट बुझेर मैदानमा होमिन्छ, उसले आफ्नो लगानीको प्रशस्त लाभ लिन सक्छन भने लहै लहैमा हाम फाल्नेहरुले लगानीसमेत गुमाउनुपर्ने हुन्छ । हेर्नुहोस केही पत्रपत्रिका पुँजीबजारका बारेमा प्रकाशित तथा प्रचलित तथ्य जसले तपाईको लगानीलाई प्रशस्त मुनाफा दिन सहयोग गर्नेछ ।

१. लगानी गर्दा दैनिक गुजारामा समस्या नहोस्ः

त्यस्तो सम्पत्ति मात्रै शेयरमा लगानी गर्नुहोस्, जसले तपाईको दैनिक गुजारा चलाउने कुरामा कुनै असर नगरोस्, अर्थात् न्यूनतम सम्पत्ति समेत नराखी बेचेर लगानी नगर्नुहोस् । लगानीको उच्च प्रतिफल सम्भाव्य भए पनि निश्चित कहिल्यै हुँदैन ।

२. मुनाफामात्रै होईन गुम्न पनि सक्छ भन्ने हेक्का रहनुपर्छः

लगानी गर्दा तपाईले विभिन्न विषयमा सोचेर र विचार गरेर लगानी गर्नुहुन्छ र त्यसको सम्भावित प्रतिफलको आशा पनि पहिल्यै गर्नुहुन्छ । यस्तो लगानीले तपाईलाई ठुलो दुर्घटनामा पुर्याउन सक्छ । तसर्थ यो कुरा सोच्नोस् कि तपाईले गरेको लगानी गुमाउन पनि तपाई तयार हुनुपर्ने हुन्छ । यस्तो सोचेर गरेको लगानीले कहिल्यै शरीर पोल्दैन र लगानी सुनिश्चित हुन्छ ।

३. बजारलाई क्षणिक प्रयोगको क्षेत्र सोच्नुभएनः

बजार जति बढिरहेको देखेर तपाई लगानी गर्नुहुन्छ, तपाईको लगानीपछि त्यसभन्दा बढी गतिमा बजार घट्न पनि सक्छ । यो चाहिँ अवश्य हो कि केही समय घटेपनि बजार पुनः बढ्छ तर यसका लागि तपाईले धैर्य गर्न सक्नुपर्दछ । मौकामा केही समयका लागि लगानी गर्ने र त्यहाँबाट तत्कालै बाहिरिने सोच राख्नुभएको छ भने तपाई नराम्रोसँग फस्न सक्नुहुन्छ, ध्यान दिनोस् ।

४. पुँजीबजार सम्बन्धि प्राविधिक बिश्लेषण गर्न सिक्नुहोस्ः

ऐतिहासिक तथ्याङ्कलाई हेरेर भावी अवस्थाको भविष्यवाणी गर्ने कलालाई नै शेयरको प्राविधिक विश्लेषण भनिन्छ । यसका लागि तपाई एकदमै सचेत रहनुपर्दछ । प्राविधिक विश्लेषण क्षमताका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सूचना हुन्छ । तसर्थ पाएसम्मको सूचना संकलन गर्नुहोस्, वा सूचनाको पहुँचमा रहनेहरुको पिछा गर्नुहोस् । समसामयिक बजारको अवस्था, राज्यको अवस्था र सम्भावित नयाँ परिवर्तनका बारेमा राख्ने तपाईको जानकारीले प्राविधिक विश्लेषण्मा महत्वपूर्ण सहयोग गर्दछ र यसले प्रतिफल दिनलाई सहयोग गर्दछ ।

५. पहिले योजना बनाउनुहोस र त्यसको समिक्षा पनिः

एकैपटक बजारमा हाम फाल्नुभन्दा केही समय बजारलाई गैर लगानीकर्ताको आँखाले पनि हेर्नुहोस् । लगानी र रिक्सबिनाको तपाईको अध्ययन स्पष्ट र सही नहुन सक्दछ । लगानीका लागि कागजी रुपमा आफ्नै रणनीति बनाउनुहोस्, त्यसलाई परीक्षण गर्नुहोस्, नमिलेको ठाउँमा मिलाउनुहोस् र पुनः परीक्षण गरी लगानीका लागि स्पष्ट खाका बनाउनुहोस् । कागजी रणनीति सफल भयो भने बल्ल लगानीका लागि अघि बढ्नुहोस् ।

६. अनुशासित भएर अघि बढ्नुपर्छः

शेयर बजारमा लगानी गर्ने पनि आफ्नै आधार छन् । यसप्रति अनुशासित बन्नुहोस् । बजारलाई बढाउँदै लगेर फाइदा लिनु अनुशासन हो भने कसैलाई झुक्याएर फसाउने र आफूलाई फाइदा कमाउने कार्य अनुशासनहीनता हो । यसरी केही समय पैसा कमाउन सकिएला तर यस्तो कार्य दीर्घकालीन हुँदैन । तसर्थ बजार अनुशासनप्रति जिम्मेवार बन्नुहोस् ।

७. रिक्स र पैसाको उचित व्यवस्थापन हुनुपर्‍योः

लगानीको क्षेत्र भनेको रणनीतिले भन्दा पुँजीले पुँजी कमाउने क्षेत्र हो । तपाईको रणनीतिले पैसा नडुबाउने मात्रै हो, पैसा कमाउने भनेको तपाईको लगानीले नै हो । यसका लागि पैसाको उचित व्यवस्थापनमा ध्यान दिनोस् । प्रयोगबाट सिद्ध भए अनुसार दीर्घकालीन लगानीकर्ताहरुले आफ्नो पैसाको बढीमा १५ प्रतिशत र सक्रिय लगानीकर्ताहरुले ५ प्रतिशतमात्र स्टक राख्नुहोस् । यसको मतलब लगानी गरिहाल्नुस् घरमा राखेर पैसा फल्दैन ।

८. लगानी गर्दा फरक फरक क्षेत्र चयन गर्नुहोस्ः

कुनै समय कुनै कम्पनी अत्यन्त फाइदामा गएको देखेर वा कुनै कम्पनीमा अत्यन्त लाभ हुने देखेर आफ्नो सबै लगानी एउटै कम्पनीमा नखन्याउनुहोस्, जबकि त्यो कम्पनीसँगै तपाईको जिन्दगीकै उठिबास नलागोस् । धेरै कम्पनीमा र धेरै समूहमा बाँडेर लगानी गर्न सक्नुभयो भने एउटा कम्पनी डुबे पनि अर्कोले उतार्छ र तपाई डुब्नुहुने छैन ।

९. निरन्तरताको खाँचो पर्नेछः

एकपटक लगानी गरिसकेपछि यसै क्षेत्रमा लामो समय बिताउने प्रतिबद्धता व्यक्त गर्नुहोस् अर्थात् टिपनटापन व्यवहार नदेखाउनुहोस् । यसले कुनै पनि क्षेत्रमा तपाई स्थापित हुन सक्नुहुने छैन ।

१०. भुल्नुभएन तपाईको लगानी कम्पनीका लागी होः

तपाईले जुन कम्पनीमा लगानी गर्नुभएको छ, त्यसलाई आफ्नै कम्पनी सम्झनुहोस् र आफ्नो निजी कम्पनीलाई जति माया गर्नुहुन्छ, त्यस कम्पनीलाई पनि उति नै माया दिनुहोस् । तपाईले यसो गर्नुभयो भने अन्यले पनि यसै गर्नेछन् र प्रतिफल सबैलाई राम्रो हात लाग्दछ ।बसेरै लाखौ कमाउने चाहानाले आजकल शेयर कारोबारप्रति धेरैको आर्कषण बढ्दो छ । यहि कारण धितोपत्रबजारमा हरेक दिनजसो नयाँ लगानीकर्ताहरु आउने गर्छन् । तर थोरैले मात्रै बजारका बिषयमा आवश्यक जानकारी लिएर प्रवेश गर्छन भने अधिकांश लगानीकर्ताहरु सामान्य जानकारी बिनापनि बजारमा आउने गरेका छन । तर जानकारी विना बजारमा आउने लगानीले प्रतिफल दिनेभन्दा डुबाउने सम्भावाना रहन्छ । यर्सथ शेयर कारोबार चाख राख्नेहरुले शेयरबारे केही जानाकारी लिएर धितोपत्र बोर्डमा प्रबेश गरे यसले अपेक्षित मुनाफा दिने निश्चित छ । तपाई पूँजीबजारमा लगानी गर्दा शेयरबजारबारे तल उल्लेखित केही प्रक्रियाको अध्ययान गर्नुहोस् तपाईको शेयरमा भएको लगानी उल्लेख्य बढेर जानेछ ।

कम्पनीले प्राप्त गरेको नाफाबाट अग्राधिकार शेयरवालालाई निश्चित दरमा लाभांश वितरण गरेर बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरेकोे धितोपत्रलाई साधारण शेयर भनिन्छ । यसमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको मालिक मानिन्छ । कम्पनीको मालिकको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ ।

यो शेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन । अर्काेतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने पनि हुँदैन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना रहनुका साथै लाभांशको रुपमा शेयरवालाहरुलाई बोनश शेयर पनि वितरण गर्न सक्छ ।

कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार शेयरवालाहरुलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तान भईसकेपछि बाँकीे रकम साधारण शेयरवालाहरुले दावी गर्न सक्छन् । यो शेयरमा हुने लगानीलाई केही जोखिमपूर्ण पनि मानिन्छ । यसो त बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम लिने लगानीकर्ताले नै मौकामा चौका हान्न सक्छन ।
अग्राधिकार शेयर

आर्जन गरेको मुनाफाबाट निश्चित दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् ।

यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् ।
डिवेञ्चर

निश्चित दर वा समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने गरि जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः रु. १००० हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । यसमा संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यसमा डिवेञ्चरवालाले निर्धारण गरेको समयमा साँवा वा व्याज नपाए कम्पनी खारेजीको लागी समेत उजुरी गर्न सक्ने व्यस्था हुन्छ । खासगरी

डिवेञ्चरमा जोखिम मोल्न नचाहने लगानीकर्ताहरु लगानी गर्ने गरेका छन । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार भने हुँदैन ।

लाभांश र बोनश शेयर
आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल लाभांश हो । लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यसअनुसार बोनस शेयर प्रदानगरिन्छ । जुन लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गर्दछ ।
हकप्रद शेयर
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ । हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरवालाहरु स्वतन्त्र हुन्छन् । विद्यमान शेयरवालाहरुले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।
वारेन्ट
कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात  र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

ब्लू चिप शेयर
संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुनेसंस्थाको शेयरलाई ब्लू चिप शेयर  भनिन्छ । यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

धितोपत्र दलाल
ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।

मर्चेण्ट बैंक
धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।

धितोपत्र ब्यापारी
प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।

बजार निर्माता
नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

शेयर रजिष्ट्रार
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रारभनिन्छ ।

धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली
सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुयाउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ । निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली शेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।

प्रत्याभूति
प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ । प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।

विवरणपत्र
सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ रलगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।

धितोपत्रको अधिक र न्यून माग
सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ । धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी रक्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।

थप मूल्य
धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई  धितोपत्र निष्काशन गरिएको भनिन्छ ।
खरीद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य
कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई  भनिन्छ ।

सूचीकृत धितोपत्रको चुक्ता मूल्य
सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।

बजार पुँजीकरण
धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।

बजार परीसूचक
सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि. ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ,

प्रतिशेयर आम्दानी
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ ।  प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।

मूल्य सम्वेदनशील सूचना
कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश शेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।

सञ्चालकहरु र सञ्चालक समिति
कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको शेयर लिएको हुनु पर्दछ ।
अधोन्मुख र उन्नतोन्मुख धितोपत्र बजार
धितोपत्रको उन्नतोन्मुख बजार भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशलब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस वेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ । अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।

कम्पनीको वार्षिक साधारण सभामा कुनै शेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएका निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधि भनिन्छ । कुनै पनि कम्पनीको शेयरवालाले सोही कम्पनीको अर्को शेयरवालालाई मात्र यस प्रकार प्रतिनिधि मनोनित गर्न सक्छ ।
वार्षिक साधारण सभा
कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा शेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने शेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बबसेरै लाखौ कमाउने चाहानाले आजकल शेयर कारोबारप्रति धेरैको आर्कषण बढ्दो छ । यहि कारण धितोपत्रबजारमा हरेक दिनजसो नयाँ लगानीकर्ताहरु आउने गर्छन् । तर थोरैले मात्रै बजारका बिषयमा आवश्यक जानकारी लिएर प्रवेश गर्छन भने अधिकांश लगानीकर्ताहरु सामान्य जानकारी बिनापनि बजारमा आउने गरेका छन । तर जानकारी विना बजारमा आउने लगानीले प्रतिफल दिनेभन्दा डुबाउने सम्भावाना रहन्छ । यर्सथ शेयर कारोबार चाख राख्नेहरुले शेयरबारे केही जानाकारी लिएर धितोपत्र बोर्डमा प्रबेश गरे यसले अपेक्षित मुनाफा दिने निश्चित छ । तपाई पूँजीबजारमा लगानी गर्दा शेयरबजारबारे तल उल्लेखित केही प्रक्रियाको अध्ययान गर्नुहोस् तपाईको शेयरमा भएको लगानी उल्लेख्य बढेर जानेछ ।

कम्पनीले प्राप्त गरेको नाफाबाट अग्राधिकार शेयरवालालाई निश्चित दरमा लाभांश वितरण गरेर बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरेकोे धितोपत्रलाई साधारण शेयर भनिन्छ । यसमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको मालिक मानिन्छ । कम्पनीको मालिकको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ ।

यो शेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन । अर्काेतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने पनि हुँदैन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना रहनुका साथै लाभांशको रुपमा शेयरवालाहरुलाई बोनश शेयर पनि वितरण गर्न सक्छ ।

कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार शेयरवालाहरुलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तान भईसकेपछि बाँकीे रकम साधारण शेयरवालाहरुले दावी गर्न सक्छन् । यो शेयरमा हुने लगानीलाई केही जोखिमपूर्ण पनि मानिन्छ । यसो त बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम लिने लगानीकर्ताले नै मौकामा चौका हान्न सक्छन ।

संम्बन्धित समचार

Leave a Reply