आज काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण !

कार्तिक २०, काठमाण्डौ । काठमाडौं उपत्यकामा थप एक हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ६ सय १ महिला र ७ सय ९८ जना पुरुष छन् । अहिले काठमाडौंमा १६ हजार ३ सय ३१, भक्तपुरमा एक हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ सक्रिय संक्रमितहरू छन् ।

संम्बन्धित समचार

Leave a Reply