नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय बैठकको तयारी

कार्तिक २५,काठमाडौँ । भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाइएको छ ।

स्रोतका अनुसार भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने लगभग निश्चित भएको छ । यकिन मिति केही दिनमा नै सार्वजनिक हुने स्रोतको दाबी छ ।

विदेश सचिवको जिम्मेवारी सम्हालेपछि उनले अन्य छिमेकी मुलुकको भ्रमण गरेपनि नेपालको गरेका छैनन् । छिमेकी मुलुकको भ्रमणकै सिलसिलामा श्रृंगला आइतबारदेखि छिमेकी मुलुक माल्दिभ्सको भ्रमणमा छन् ।

नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, सुस्ता लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने यकिन छैन । दुई देशको बिचमा सन् २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएको थियो तर सीमा केन्द्रित एउटा बैठक पनि बसेको छैन ।

यद्यपि सो भ्रमणको समयमा अन्य द्विपक्षीय एजेण्डाहरुको बारेमा भने छलफल हुने छ । सो छलफलले नेपाल–भारत संयुक्त आयोगको बैठकका लागि आधार तयार पार्ने अधिकारीहरुको भनाइ छ ।

 

संम्बन्धित समचार

Leave a Reply