नेकपाका उपाध्यक्ष वामदेव गौतमको सुनुवाई आज हुँदै

कार्तिक २६, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयनविरूद्ध सर्वोच्च अदालतमा परेको रिटविरूद्ध आज सुनुवाई हुँदैछ ।

राष्ट्रिय सभामा नियुक्त भइसकेका गौतमलाई मन्त्री नबनाइयोस् भनी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा दायर गरेको रिटविरुद्ध आज सुनुवाइ हुन लागेको हो । न्यायाधीशमा कोरोना संक्रमण भएपछि सरेको सुनुवाइ दशैँअघि सरेको थियो । प्रतिनिधिसभा निर्वाचन २०७४ मा बर्दियाबाट पराजित गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् ।

संम्बन्धित समचार

Leave a Reply