७ वर्षीया बालिका बलात्कार गर्ने धादिङका ५२ वर्षीय चक्रे पक्राउ

कार्तिक २६, काठमाण्डौ । गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरेको तामाङमाथि आरोप छ । पीडितले बुधबार राईविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । थप अनुसन्धान जारी छ ।

संम्बन्धित समचार

Leave a Reply