नेपाल चीनको पोल्टामा गएको हो ?

-राज ढुंगाना                           

विगतलाई सम्झदा कुनै एक जमाना थियो, हरेक समाचारको हेडिङ हुन्थे–’भारतीय हस्ताक्षेप बढ्दो, भारतीय राजदुतको सक्रियता बढ्यो’ । यी र यस्तै हेडिङले नेपाली नागरिकको भावना हुन्थ्यो ‘नेपाल दिल्लीको इशारामा चल्छ’ । हामी जहिल्यै दु:ख पाउछौँ । आजपनि त्यो जारी छ । यद्यपी अहिले समय बदलिएको छ । देशमा राजतन्त्रको अन्त्यसंगै गणतन्त्र बामे सर्दैछ । संघिय मुलुक भएको छ । प्रदेश र स्थानीय सरकार सक्रिय छन् । हिजो राजतन्त्रमा भारतीय हस्तक्षेप मात्रै हुने थिएन् भारतीय राजदुत नेपालको मन्त्रीपरिषद् बैठकमा बस्ने हैसियत राख्थे । राजदुतकै हैसियतमा तिनले नेपाली राजनितिलाई कता लैजाने भन्ने सम्मको रणनिती बनाउन राजदुतको सक्रियता रहन्थ्यो । नेपाली जनताले गणतन्त्र आएपछि विदेशी हस्तक्षेप हट्ला । मुलुक थप स्वाधीन बन्ला भन्ने अपेक्षा गरेका थिए ।

आज समय फेरिएको छ । नेपाली राजनितिमा अनावश्यक अन्तराष्ट्रिय हस्तक्षेप बढ्दो क्रममा छ, त्यो पनि विभिन्न मुलुकलाई आफ्नै चाहनामा सत्तामा रहेका नेतृत्वले विदेशी अधिकारीसंग परराष्ट्रको कुनै अधिकारी नराखी भेटिरहेका छन् । खुल्लेआम रातीराती राजदुत सिधै प्रधानमन्त्री भेट्न पुग्छ्न । कुनै पार्टी फुटाउन वा जुटाउन राजदुतले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षलाई निर्देशन सम्म गर्न पुग्छन् यसले नेपाली कुटनिती कति धुमिल र अव्यवस्थित भइरहेको छ, सबै घाम जत्तिकै छर्लङ्ग हुन्छ ।

पछिल्लो समय भारतसंगै चीन नेपाली राजनितीको केन्द्रमै हस्तक्षेप गर्ने अवस्थामा आइपुगेको छ । प्रधानमन्त्रीको किचेन क्याविनेटसम्म सिधै राजदुतले प्रवेश पाउनु र कुनै एक पार्टीको विषयमा गम्भिर छलफल हुनुले ठुलै अर्थमात्रै राख्दैन् । एउटा नजिरसमेत बसाल्छ । इतिहासमा यो निकै नै खराव उदाहरणको रुपमा दर्ज हुने स्पष्ट छ । जसरी भारतीय राजदुत कुनैबेला नेपालको मन्त्रीपरिषद्मा बसेको खराब उदाहरण छ । चीन नेपाली राजनितिमा किन यतिधेरै हस्तक्षेप गर्ने अवस्थामा आइपुग्यो त रु यसको एउटै कारण हो नेपाल कम्युनिष्ट पार्टीको विवाद । जुन राष्ट्रिय विवाद होईन,जसलाई राज्यको संकटको रुपमा लिन सकिदैन् । फगत एउटा पार्टीको विवादलाई लिएर राजदुत रातीराती प्रधानमन्त्री,पुर्वप्रधानमन्त्री,राष्ट्रपतिलाई समेत भेट्न पुग्नुले नेपालीको स्वतन्त्रतामाथी ठाडो हस्तक्षेप भएको बुझिन्छ  ।

केही कम्युनिष्ट धारका समर्थकहरु भन्न सक्छन्–चीनको सक्रियता ठिकै हो । तर के नेपालजस्तो पञ्चशिलको सिदान्तमा रहेर आफ्नो कुटनितिक निर्णय गर्नपर्ने मुलुकले अव कुनै एकदेशको निर्देशन,सक्रियता र उठबसलाई बैधता दिएको हो ? के हिजो नेपाल भारतपरस्त भन्ने आरोपलाई मेटन चीनपरस्त नै हुनुपर्ने हो ? एक देशसंग ढल्किएर छिमेक निती अघि बढ्न सक्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीले यही चाहेका हुन् ? आफु पार्टी अध्यक्ष रहेको पार्टीमा गुटगत राजनिति गर्ने, एक नेतालाई च्याप्ने अर्को नेतालाई खेलाउने र आपसी असमझदारी कायम राखेर आफु सत्तामा टिक्ने जुन किसिमको घृणित चालबाजी ओलीले गरिरहेका छन् । यसले उनको प्रधानमन्त्री केही समयलाई त जोगिएला । कालन्तरमा कम्युनिष्ट पार्टीकै अन्त्य हुने हो की भन्ने चिन्ता सबैतिर छाएको छ ।

भन्न त ओली समर्थकले भन्छन् होला–दुई ठुला पार्टी एकिकृत गर्ने ओली कसरी कम्युनिष्ट पार्टीको विभाजन सोच्न सक्छ ? तर यो यथार्त भुल्न हुन्न की ओली आफ्नो पाँचबर्षे प्रधानमन्त्री काल बिताउन मात्रै यो एकतारुपी ढोङ फुक्न तल्लिन छन् । यो कुनै कम्युनिष्ट पार्टी एक बनाएर सबै मिलाएर लैजाने उनको कुनै सोच,योजना वा लक्ष्य छैन् । यसको पुष्टि पार्टी एकतापछिको झण्डै ३० महिना बेतित गर्दा उनले रचेको चालबाजी,गुट फुटाउ र राज गर भन्ने तरिकाको उनको कार्यशैलीले उनलाई नेपालमा कम्युनिष्ट पार्टी एक गराउनु छैन् छ त केवल प्रधानमन्त्री पद कसरी जोगाउने ? यसको लागी उनले हदैसम्म गर्न सक्छन् । जसअनुसार उनि कुनै कुटनितिक मर्यादाविपरित र को एजेण्टलाई भेट्छन् । राजदुतसंग मध्येराती गफमा तल्लिन हुन्छन् । कहिले शितलनिवासमा दौडधुप त कहिले बालुवाटारमा सुनसान गुटको भेला राख्छन् अनि उल्टै भन्छन्–मलाई प्रधानमन्त्रीबाट हटाउन खोजियो । यो त दिँउसै रात पार्न खोजिएको जस्तो भएन र ?

अब प्रधानमन्त्री ओलीले सबैभन्दा पहिला त आफ्नो आन्तरिक कमि कमजोरीलाई हटाएर आफ्नो घर बलियो बनाउन सक्नुपर्छ । पार्टी एकताको सुत्राधार भन्ने तर त्यही पार्टीलाई कमजोर बनाएर,नेता जुधाएर आफु सत्तामा टिकिरहने , आफ्नै आसेपासेलाई दुध खुवाइरहने मानसकिता ओलीले त्याग्नपर्छ । हिजोका आफ्ना सहयात्रीलाई भजनमण्डलीमार्फत गाली गलौज गर्ने शेली उनले छोड्नपर्छ । ओलीले यतिबेला राजनेता हुने अवसर गुमाउनुहुन्न । त्यो अवसरको लागी उनले आफ्ना सहयात्रीलाई उत्तिकै सदभाव देखाउन सक्नुपर्छ । नकी विदेशी राजदुतलाई रातीराती भेटेर होइन् । आफ्ना पार्टीका नेतासंग खुल्ला छलफल गर्नसक्नुपर्छ । आरोप लाग्न सक्छ, त्यसको खण्डन पार्टीको छलफलबाटै गर्नपर्छ । पार्टीभित्र प्रस्ताव आउन सक्छन् त्यसको जवाफ दिएर क्लिन हुन सक्नुपर्छ । उनी आफ्नै निर्णयबाट चल्न सक्छन् र त्यो क्षमता छ भने उनले हिजोको गुट,हिजोको माओवादी र हिजोको एमाले भुल्न सक्नुपर्छ । साच्चिकै नेकपा उनले बनाउने हो भने उनले पनि केही त्याग गर्नसक्नुपर्छ । खाली आफ्नै भजनमण्डली र गुणगानबाजकै पछि लागेर पार्टीलाई खरानी बनाउने प्रयास गर्न बन्द गर्नुपर्छ अनि मात्रै नेपालीले सोचेको ठुलो,स्वतन्त्र र जनताको कम्युनिष्ट पार्टी आगामी दिनमा पनि जनताको नेतृत्व गर्न सक्छ । नत्र नेपालबाट नेकपा मात्रै होइन् कम्युनिष्ट पार्टीकै अन्त्य निश्चित छ । चेतनाभया ।

संम्बन्धित समचार

Leave a Reply