‘प्रस्तावको निष्कर्षमा पार्टी बचाउनुपर्छ भन्ने नै हो’ : प्रचण्ड

मंसिर ४, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपसमा तिक्तता बढाउन र पार्टीलाई विभाजन उन्मुख गराउनका लागि प्रस्ताव पेश नगरेको जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा कार्तिक २८ गते पेश गरेको ‘राजनीतिक प्रतिवेदन’ले पार्टीभित्रको समस्या समाधान गर्न सघाऊ पुर्‍याउने उद्देश्यसहित पेश गरेको प्रचण्डले जनाएका हुन् ।

“मैले पार्टीभित्र र नेताहरूका बीचमा तिक्तता बढाउने उद्देश्यसहित आफ्नो प्रस्ताव पेश गरेको होइन, न त पार्टीलाई विभाजनउन्मुख गराउने उद्देश्य नै राखेर पेश गरेको हुँ,” सचिवालय बैठकमा प्रचण्डले भने, “मेरो प्रस्तावको निष्कर्षमा पनि पार्टी बचाउनुपर्छ भन्ने नै जोड गरेको छु, त्यसैले खुल्ला छलफल होस् भनेर आफ्नो धारणा लिखित रूपमा राखेको हुँ ।” स्रोतका अनुसार आफूले राखेको प्रस्तावलाई व्यक्तिगत रूपमा नलिनका लागि पनि प्रचण्डले सचिवालयका बैठकमा प्रधानमन्त्री ओलीसँग माग गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply