मकवानपुरमा ४३ किलो गाँजासहित एक पक्राउ

मंसिर ८, मकवानपुर । मकवानपुरमा ४३ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीले कैलाश गाउँपालिका वडा नम्बर ७ का २३ वर्षीय तीर्थराज चेपाङलाई आइतबार राति पौने १० बजे पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।
चेपाङलाई मनहरी गाउँपालिका(८ सिम्पानीस्थित पूर्व(पश्चिम लोकमार्गबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार चेपाङको साथमा कालो झोला, जेब्रा झोला र प्लास्टिकका बोरा थिए । शंका लागेर प्रहरीले हेर्दा गाँजा फेला पारेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply