रेकर्ड ब्रेक नजिक नेप्से : १८ सय विन्दु नाघ्यो

मंसिर ९, काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जले मंगलबार मंसिर ९ मा १८ सय बिन्दु पार गरेको छ । २९.६८ अंकले बढेको सेयर बजार १८८१ अंकको रेकर्ड ब्रेक गर्नेतर्फ मोडिएको छ । आज नेप्से परिसूचक १८१०.११ विन्दुमा अडिएको छ । यस दिन ५ अर्ब ४४ करोड २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा १ सय ९६ कम्पनी सामेल भए ।

पछिल्ला दिनमा नेप्से सूचक र कारोबार रकमले उत्साह देखाएको छ । आज होटल समूह बाहेक सबै समुह बढेको छ । सेयर बजारले मंगलबार १८ सयको मनोवैज्ञानिक विन्दु पार गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन् ।
बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता परेका छन । यसको भाउ ३।२० प्रतिशतले घटेको हो । यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply