सुनसरीका दुई संक्रमितको विराटनगरमा मृत्यु

मङ्सिर १०, विराटनगर । सुनसरी स्थायी ठेगाना भएका कोरोना भाइरस संक्रमित दुई जनाको विराटनगरमा मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मंगलबार राति मृत्यु भएको हो ।

धरानकी एक महिला र रामधुनीका एक पुरुषको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–६ का ४० वर्षीय पुरुषको राति ११स्४० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पताल ल्याइएका पुरुषको पीसीआर परीक्षण गराउँदा साँझ रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भएपछि तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि पुरुषलाई बचाउन नसकिएको उनले बताए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–७ की ५० वर्षीया महिलाको पनि राति ९स्१५ बजेतिर नोबेलमै मृत्यु भएको छ । दाहालका अनुसार महिलालाई कोरोना पुष्टि भएपछि उपचारका लागि मंसिर ६ गते अस्पताल भर्ना गरिएको थियो ।

संम्बन्धित समचार

Leave a Reply