‘म जिल्ला नगरको साथीहरुको मनमा बसेको छु, जित सुुनिश्चित देखेको छु’ : अरुणराज सुमार्गी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला नगर तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका अरुणराज सुमार्गीले जिल्ला नगरका उद्योग वाणिज्य संघको पृष्ठभूमीलाई बलियो बनाउन आफूले उम्मेद्वारी दिएको बताएका छन् । अनलाईन केन्द्रसंगको कुराकानीमा उनले जिल्ला नगर बुझेको, जिल्ला नगरका समस्या समाधानमा निरन्तर लागेको र देशै भरका जिल्ला नगरका उद्योगी व्यवसायीसँग बाक्लो घुलमिल भएका कारण आफूले निर्वाचन जित्ने बताए । उनै सुमार्गीसंग हामीले गरेको कुराकानी गरेका छौँ ।

महासंघको चुनावमा जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिनुभएको छ । तपाईका चुनावी एजेण्डाहरु के–के हुन् ?

खासमा त अहिलेसम्म जिल्ला नगरका समस्याहरु र जिल्ला नगरबाट आएका साथीहरुको आवाजलाई सरकारसम्म पुर्याउन सकिएको छैन । हाम्रा आवाजहरु सरकारसम्म पुर्याउन नसकिएको कारणले नै हाम्रो प्रोटोकल अहिलेसम्म तयार भएन । जुन बेलासम्म स्थानीय सरकार बनेको थिएनऽ त्यतिखेर सम्पूर्ण बजेटका कुराहरु विकास निर्माणका आयोजनाहरु लगायतमा उद्योग वाणिज्य संघका साथीहरुको पनि प्रतिनिधित्व हुन्थ्यो । काम पनि त्यही अनुरुप गर्थ्र्यौं । तर, अहिले स्थानीय सरकार बन्यो । हाम्रो प्रोटोकल भने लेख्न बिसौँ । हाम्रो हैसियत के हो ? हामी वडाअध्यक्षभन्दा तल हो कि माथि ? अध्यक्षभन्दा तल हो कि माथि ? कोही साथीहरु सासंद जतिकै हैसियतको पनि हुनुहुन्छ । त्यसैले जिल्ला नगरको लडाइँ प्रोटोकलकको विषयमा हो । हामी अब मिलेर सरकारसँग प्रोटोकल निर्माण गर्छौं । एउटा एजेण्डा यो हो ।

अर्को, महासंघलाई सुदृढिकरण र शुद्धीकरण गर्न जरुरी छ । अमुक व्यक्तिले रिमोट चलाएर चुनाव जिताइदिने परम्परा विरुद्द मेरो उम्मेदवारी हो । महासंघमा जिल्ला नगर ५० प्रतिशतको मालिक हो । जिल्ला नगरबाट आएको व्यक्ति चेयरमा हुनु पर्ने अवस्थामा त्यस्तो छैन । ५० प्रतिशत लगानी गरेपछि त्यो चेयरम्यान हुन्छ । अहिलेसम्म त्यो अवस्था छैन । तर, यो पटकदेखि जिल्ला नगरदेखि उठेर आएको मान्छेलाई साथ दिने र उहाँलाई नै वरिष्ठ उपाध्यक्षमा निर्वाचित गर्ने हाम्रो योजना छ । २८ वर्षदेखि सक्रिय भएर लाग्नु भएका किशोर प्रधानलाई बोकेको छु । उहाँको समूहलाई साथ दिएको छु ।

निर्वाचनमा किशोर प्रधान पक्षबाट नै जिल्ला नगरतर्फको सदस्यमा उम्मेदवारी किन ?

किशोर प्रधान यसभन्दा अगाडि शेखर गोल्छासँग पनि लड्नु भएको हो । साथीहरुले अहिले बेला पुगेन भनेर नपत्याएर कम मत दिएको हो । फेरि उहाँले अहिले पनि उही शेखर गोल्छाको मुनि रहेरै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिनुभएको छ । शेखर गोल्छाले नै उहाँलाई फेरि वरिष्ठ उपाध्यक्षमा ल्याउनु भनेको उहाँ महासंघका लागि चाहिने व्यक्ति हो भन्ने कुरा पुष्टि हुन्छ ।

उहाँ २८ वर्षदेखि कसैले औंला नउठाएको व्यक्ति हो । उहाँ बगेको खोला जस्तै हो । त्यसैले उहाँको कमजोरी होइन । उहाँको बलियो पक्ष मात्र छन् । मैले उहाँलाई समर्थन गर्नुको कारण उहाँ जिल्ला नगरबाट आएको हुनाले पनि हो ।

कोभिढ १९ ले थला परेर समस्यामा परेका व्यवसायीहरुलाई राहत चाहिएको अवस्थामा तपाईहरु उनिहरुसंग निर्वाचन अभियानमा हुनुहुन्छ । उहाँहरुको समस्यालाई कसरी बुझ्नुभएको छ ?

यो त्यस्तो कुरा होइन । सरकारले स्वास्थ्य सुरक्षा अपनाएर चुनाव गर्नुस् भनेको छ । महासंघले पनि सोही अनुसार जिल्ला नगरका साथीहरुका लागि भनेर होटलका कोठा रिजर्भ गर्यो । त्यसको विरुद्दमा अर्को टीमका साथीहरुले गुण्डाको शैलीमा महासंघमा गएर अध्यक्ष नभएको समयमा रअरु साथीहरु भएको अवस्थामा होटल दिनु हुँदैन, किन दिएको भन्ने लगायतका कुरा राख्नुभएछ । जिल्ला नगरले पाएको सेवा सुुविधाको विरुद्दमा बोल्ने साथीहरुलाई कसले मतदान गर्छ ? हामीले स्वास्थ्य मापदण्ड अपनाएर काम गरिहरेका छौं । हामी सजग छौं । हामीले कोरोना भाइरसबाट बँच्नको लागि आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाएर काम पनि सँगसँगै गर्नुपर्ने अवस्था छ । यो समय भनेको डराएर बस्ने होइन । दोस्रो कुरा कोभिड १९ ले देशव्यापी रुपमा व्यवसायीहरु मारमा पर्नुभएको छ । त्यसको मार हामीले पनि खेपिरहेका छौँ । उहाँहरुको लागी हामीले सरकारसंग कस्ता माग लैजाने, कोभिडपछिको व्यवसायलाई कसरी अघि बढाउने ? कोभिडकै यो समयमा व्यवसायलाई कसरी अघि बढाउने भन्ने योजना हामीसंग प्रष्ट छ ।

तपाई मतदाताकहाँ पनि गइरहनुभएको छ ? उहाँहरु तपाईलाई मत दिने कुरामा कति उत्साहित हुनुहुन्छ ?

म एकदमै विश्वस्त छु । मैले मध्यमाञ्चलको अध्यक्ष भएर पनि काम गरेको छु । त्यसपछि प्रदेशको संयोजक भएर पनि मैले काम गरेको हो । म महासंघमा आएदेखि जिल्लाका साथीहरुको समस्याहरु समाधान गर्नको लागि निरन्तर लागिरहेको हुन्छु । पूर्वको पहाडदेखि तराईका सम्पूर्ण ठाउँमा पुगेको छु । साथीहरुसँग सहकार्य गरेर काम गरेको छु । मलाई पूर्ण विश्वास छ कि साथीहरुले मलाई निर्वाचित गर्नुहुन्छ ।

यो निर्वाचनमा अन्यभन्दा तपाईमा के फरक ? जसले गर्दा तपाईँलाई मतदाताले मत दिनु जरुरी छ ।

मतदाताले व्यक्तिको व्यक्तित्व देखेर मतदान गर्ने हो । उसको काम गर्ने शैली र उसले यो क्षेत्रमा गएर न्याय गर्न सक्छ वा सक्दैन भन्ने सोचेर मतदान गर्ने हो । सबैले सबै कुरा थाहा पाएका छन् । चिप्लो कुरा गरेर, पोष्टर टाँसेर र फसबुकमा फोटो राखेर जित्ने साथीहरुलाई पनि हामीले देखेकै छौं ।

म जिल्लानगरको साथीहरुको मनमा बसेको छु । उहाँहसँग मेरो दोहोरो संवाद भएको छ । उहाँहरु पनि सक्षम हुनुहुन्छ । दुई समूह भएपछि ३८ जना हुनु स्वभाविक हो । जिल्लालाई बोल्न सक्ने साथीहरुलाई छान्नुहोस्, तपाइँले छानेकाहरुले नै भोलिको महासंघ चलाउने हुन् । राम्रो व्यक्ति चयन गरे मात्र महासंघ भोलि दरिलो बन्छ । त्यसकारण आजै नै राम्रो व्यक्तिलाई चयन गर्यो भने भोलि पनि राम्रो हुन्छ भनेर मैले भनिरहेको छु । उहाँहरुले पनि यो कुरा बुझ्नु भएको छ ।

भनेपछि तपाई आफ्नो टिमले जित्ने निश्चित देख्नुहुन्छ ?

जिल्ला नगरका शतप्रतिशत साथीहरुले मलाई मत दिनुहुन्छ । किनभने म सबै साथीहरुको बीचमा छु । अबको शतप्रतिशतको भागमा अनुकुलता मिलेन भने मात्र हो । नभए यो पटकको जिल्ला नगरको उम्मेदवारहरु मध्ये मलाई सबैभन्दा बढी चाहेको र मन पराएको उम्मेदवारका रुपमा हेर्नुभएको छ । कसैको अरुण दाइ, कसैको अरुण भाइ हो भने कसैको अरुणजी त, कसैको अरुण हो । म सबैको बीचमा निकट सम्बन्धमा रहेकाले म र मेरो टीमको जित सुनिश्चि देखेको छु ।

मेरो कन्फिडेन्ड लेवल हाई छ । मलाई साथीहरुले पूर्ण बहुमत दिनुहुन्छ । म चुनाव जित्छु । पहिले नै जितिसको भन्ने गलत ब्याख्या भने नहोस् । मेरो मात्र होइन, हाम्रो टिमको नै जित सुनिश्चित छ । जिल्ला नगरबाट आउनु भएको दिनेश दाइ हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी जिल्लाबाट आएको होइन । त्यसकारण उहाँले पनि चुनाव जित्नु हुन्छ ।

संम्बन्धित समचार

Leave a Reply