यो वर्ष प्राकृतिक विपद्का कारण ४ सय ८३ जनाको मृत्यु

मंसिर १३, काठमाडौं । यो वर्ष प्राकृतिक विपद्का कारण ४ सय ८३ जनाको मृत्यु भएको छ । एक अर्ब रुपैयाँभन्दा बढी धनमाल क्षति भएको छ । गत वैशाख १ देखि हालसम्म विपद्का २ हजार ३ सय ७४ घटना भएका छन् ।

त्यसयता १ अर्ब ६५ लाख ६६ हजार ७ सय १० रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । यो वर्ष प्राकृतिक विपद्मा परेर १ सय १ जना बेपत्ता भएका छन् । ८ सय ५६ जना घाइते हुनुका साथै २ हजार ४ सय १२ चौपाया मरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्ष सबैभन्दा बढी ३ सय १ जनाको पहिरोमा परेर मृत्यु भएको छ ।

६४ जना अझै बेपत्ता छन् भने २ सय २५ जना घाइते भएका छन् । ५ करोड ९ लाख ६४ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ । ४ सय ३५ चौपाया मरेका छन् । यो वर्ष ४ सय ८५ पहिरोका घटना भएका छन् । सिन्धुपाल्चोकमा मात्रै पहिरोमा परेर ७१ जनाको मृत्यु भएको छ । त्यहाँ ३८ जना अझै बेपत्ता छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी, बाह्रबिसे, सुनकोसी, मेलम्चीसँगै बागलुङ, अछामको रामारोसन र बझाङमा ठूला पहिरो गएका छन् । कालीकोटमा ७३, म्याग्दीमा ३० जनाको पहिरोमा परी मृत्यु भएको प्राधिकरणको तथ्यांक छ। अत्यधिक वर्षा, जथाभावी डोजर प्रयोगले यो वर्ष धेरै पहिरो गएको विज्ञहरूको ठहर छ । अन्नपुर्ण पोष्टबाट

 

संम्बन्धित समचार

Leave a Reply