काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिए

मंसिर १३, काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २८५ महिला र ३६० पुरुष गरी ६४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख ७ हजार ७६९ जना व्यक्ति संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौंमा मात्र ८६ हजार ८५६ जना संक्रमित भएका छन्, जसमध्ये ३४८ जनाको मृत्यु भएको छ । निको हुनेको संख्या ७८ हजार ४६९ छ ।

ललितपुरमा १३ हजार ८८ जना संक्रमित भएका छन् । जसमा १०९ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३५३ जना निको भएका छन् । भक्तपुरमा ७ हजार १०४ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार १०४ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ सय १५ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । आज देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply