बिश्वमा कोरोना स्थिती : मृत्यु हुनेको संख्या १४ लाख ५० हजार नाघ्‍यो,२४ घण्टामा ९ हजारभन्दा धेरैको मृत्यु !

मंसिर १४, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजारभन्दा धेरैको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५७ हजार नाघेको हो । ​वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १ करोड ३६ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ३१ लाख निको भएका छन् । अझैपनि विश्वभर १ करोड ७९ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ६ प्रतिशत अर्थात् १ लाख ५ हजारको अवस्था जटिल छ । बाँकी ९९ दशमलव ४ प्रतिशत अर्थात् १ करोड ७८ लाखको अवस्था सामान्य छ । २४ घण्टामा विश्वभर ५ लाख ६२ हजार नयाँ संक्रमित थपिएको वल्डोमिटरले उल्लेख गरेको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ करोड ३६ लाखमा कोरोना संक्रमण पुष्टि हुँदा ८० लाख ३२ हजार निको भएका छन् । अमेरिकामा मात्रै २ लाख ७२ हजारको मृत्यु भइसकेको छ । यस्तै ९३ लाख ९० हजारमा कोरोना पुष्टि भएको भारतमा ८७ लाख ९९ हजार निको भएका छन् । भारतमा १ लाख ३६ हजारको मृत्यु भइसकेको छ ।

त्यसैगरी ६२ लाख ९० हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा अहिलेसम्म ५५ लाख ६२ हजारले कोरोना जितेका छन् । १ लाख ७२ हजारको भने मृत्यु भएको छ । रुस र फ्रान्समा २२ लाख, स्पेन र बेलायतमा १६ लाख, इटालीमा साढे १५ लाख, अर्जेन्टिनामा १४ लाख, कोलम्बियामा झण्डै १३ लाख, मेक्सीकोमा १० लाख ९० हजार र जर्मनीमा १० लाखमा कोरोना पुष्टि भइसकेको छ । अहिलेसम्म मेक्सीकोमा १ लाख ४ हजारको मृत्यु भइसकेको छ भने बेलायतमा ५८ हजार, इटालीमा ५४ हजार तथा फ्रान्समा ५२ हजारको मृत्यु भइसकेको वल्डोमिटरले जनाएको छ ।
दुई लाख ३० हजार ७२३ जनामा संक्रमण पुष्टि हुँदा कोरोना जित्नेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ । १८ हजार ८३ सक्रिय संक्रमित भएको नेपालमा १४ सय ५४ जनाको कोरोनाले मृत्यु भइसकेको छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply