सुनको मुल्यमा बृद्धि, १६ दिनपछि बढेको मुल्यपछि तोलामा कति ?

मंसिर १६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १६ दिनपछि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ५०० रुपैयाँ बढेर ९० हजार ५०० पुगेको छ । सोमबार ९० हजारमा कारोबार भएको थियो । यसअघि कात्तिक २८ गते पनि ५०० रुपैयाँले बढेर ९५ हजार २०० मा कारोबार भएको थियो। त्यसपछि चार दिन तिहारको बिदाले बजार खुल्न पाएन । ३ मंसिरमा खुलेको बजारमा १०० रुपैयाँले गिरावट आएर ९५ हजार १०० मा कारोबार भएको थियो ।

त्यसपछि सोमबारसम्म सुनको मूल्य लगातार ओरालो लाग्यो । आज तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँ बढेर ९० हजार ५० कायम छ। सोमबार तेजाबी सुन तोलाको ८९ हजार ५५० मा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि उकालो लागेको छ । सोमबार एक हजार १२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १५५ पुगेको छ ।

 

 

संम्बन्धित समचार

Leave a Reply