घरमै बसेर शेयर आवेदन दिने तरिका, mero share खाता चलाउने पुर्ण तरिकासहित !

मंसिर १७, काठमाण्डौ ।

के तपाई शेयर बजारमा नयाँ हुनुहुन्छ ? त्यस्तै माई आस्बा मार्फत शेयर आवेदन दिने तरिका, mero share खाता चलाउन जान्नु भएको छैन भने, तपाईले पूर्ण रुपमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ । शेयर बजारमा शेयर आबेदन दिनको लागि अहिलेको नयाँ ब्यबस्था अनुसार मेरो शेयर मार्फत शेयर आबेदन दिनुपर्ने हुन्छ ।

सुरुमा के गर्ने त ?
सबैभन्दा पहिले तपाइले आफुले डिम्याट खाता खोल्नु पर्ने हुन्छ, त्यसको लागि तपाई आफु सम्बन्धित बैंकमा जानु पर्ने हुन्छ, नभए क्यापिटल मार्केट तिर गएर खाता खोल्न सक्नुहुनेछ । शेयर ब्रोकर कम्पनीले पनि यो सुबिधा दिइरहेको हुन्छ । आफुलाई पायक पर्ने ठाउमा गएर दिम्याट खाता खोल्न सक्नु हुनेछ ।
आज भोलि नयाँ शेयर, साधारण शेयर (आइपिओ ), एफपीओ खरिद गर्नको लागि अनिवार्य सिआस्बा प्रणाली मा आबद्द हुनुपर्ने भएको हुनाले,
सिआस्बा प्रणाली मार्फत शेयर आबेदन दिनको लागि तपाइले डिम्याट खाता खोलेको ठाउबाट लागिन लिनुपर्छ, अनि त्यसपछि आफ्नो सम्बन्धित बैंकमा गएर सुरुमा C-ASBA सेवा लिनको लागि आबेदन दिनुपर्ने हुन्छ ।
त्यसपछि बैंकले एउटा भेरिफिकेसन कोड (CRN Number) दिन्छ । कोहि संस्थाले भने इमेल मार्फत भेरिफिकेसन कोड (CRN Number) पठाउछ ।

लगानी कर्ताले meroshare.cdsc.com.np मा लगइन गरेर आफ्नो कोड प्रायोग गरी My ASBA भन्ने सेक्सनमा गएर आफुले चाहेको कम्पनीको शेयरमा लगानी गर्न सक्नेछ ।

सफ़्ट्वयरले शेयर खुलेको कम्पनीको नाम दिन्छ । लगानीकर्ताले आफुले चाहेको कम्पनीको शेयर मा आबेदन दिन सक्छ । तपाइले आवेदन दिदा एक ठाउमा confirmation Number हाल्नुपर्ने हुन्छ यसको लागि इमेल मार्फत प्राप्त गर्न सक्नुहुनेछ । कुनैबेला कन्फरमेसन नम्बर तुरुन्त इमेल मा पनि नआउन सक्छ, त्यस्तो भएमा केहि समय पर्खनु पर्ने हुन्छ या रद्द गरेर फेरी फर्म भर्नु पर्ने हुन्छ ।
सफ़्ट्वयरले लगानीकर्ताको सम्पूर्ण विवरण राख्ने भएको हुनाले एक जनाले एकपटकमा एक भन्दा बढी आबेदन दिन पाउने छैन । आबेदन दिन खोजेमा तुरुन्त खारेज गरिदिन्छ ।

यो सेवा लिएपछि घरमै बसेर बिना झन्झट शेयरमा लगानी गर्न सकिनेछ ।
तर ख्याल गर्नु होला आवेदन दिन मिल्ने रकम आफ्नो भेरिफिकेसन कोड (CRN Number) लिएको बैंक खातामा हुनुपर्नेछ । C-ASBA मार्फत आइपियो, एफपियो, हकप्रद, ऋणपत्रमा
घरमै बसेर आवेदन दिन सक्नु हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply