भक्तपुरमा कार दुर्घटना, एक युवतीको मृत्यु, ३ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ मंसिर २१, आईतबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

मंसिर २१, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । काठमाठमाडौंतर्फ आउँदै गरेको बा ८ च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा काठमाडौं महानगरपालिका ४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डीएसपी दीपक गिरीले जानकारी दिए । अचेत अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गिरीले बताए ।

दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका १ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक ४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् । सामान्य घाइते भएका चालकसहित ३ जनाले मृतक रियालाई दुर्घटनास्थलमै छोडेर भागेका थिए । उनीहरुलाई बिहानमात्रै नियन्त्रणमा लिइएको डीएसपी गरीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस