काठमाण्डौ चन्द्रागिरि नगरपालिकामा भू-सेवा केन्द्रको स्थापना

मंसिर २२, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिकामा भू-सेवा केन्द्रको स्थापना भएको छ । मालपोत कार्यालयसँग सम्झौता भए अनुसार अनलाइन मार्फ़त हुने लिखत लगायतका अन्य सेवा प्रदान गर्ने उक्त केन्द्रको नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरेका छन् । सहूलियत मुल्य र विश्वसनीयताका साथ प्राप्त हुने उक्त सेवाले नगरवासीलाई सहजता प्रदान हुने नगरप्रमुखले बताएका छन् ।

कार्यक्रममा कलंकी मालपोतबाट उपस्थित प्रतिनिधिहरु लगायत नगर उप प्रमुख,नगर प्रवक्ता,प्रमुख प्रशासकिय अधिकृत,कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडाध्यक्षहरु, नगरपालिकाको विभिन्न शाखाका प्रमुखहरुका साथै अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply