नेपालमा आज थपिएका कोरोना संक्रमित कुन-कुन जिल्लाका हुन् ? (जिल्लागत विवरण)

मंसिर २५, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालहामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको जानकारी दिएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा १ हजार २१७ संक्रमित थपिएका हुन । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा १, उदयपुरमा ३, खोटाङमा १, झापामा ४८, ताप्लेजुङमा ५, धनकुटामा २, पाँचथरमा १, मोरङमा ६७, संखुवासभामा २ र सुनसरीमा ६६ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा ७, पर्सामा २, बारामा ४, महोत्तरीमा ५, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ३ र सिरहामा ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै बागमती प्रदेशको काठमाडौंमा मात्र ३ सय २८, काभ्रेमा १०, चितवनमा २२, दोलखामा २, धादिङमा ७, नुवाकोटमा ५, भक्तपुरमा २५, मकवानपुरमा ६, रसुवामा ४, ललितपुरमा ५१, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा २ जना कोरोना संक्रमित थपिएका हुन् । यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६७, गोरखामा ८, तनहुँमा ८, नवलपरासी पूर्वमा १, लमजुङमा १९, बागलुङमा ११ र स्याङजामा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा १३, दाङमा २६, नलवपरासीमा ९, पाल्पामा २५, प्यूठानमा ९, बर्दियामा १०, बाँकेमा २५ र रुपन्देहीमा ५६ जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशको डोल्पामा १, सल्यानमा १ र सुर्खेतमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४८, कञ्चनपुरमा १९, कैलालीमा ९४, डडेल्धुरामा ८, डोटीमा ७, बझाङमा १४ र बैतडीमा १८ जनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply