ओली र प्रचण्डबीच निरन्तर छलफल : दुवैको लिडेढिपिले वार्ता निष्कर्षविहिन !

पुस ५, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भयो । प्रचण्ड र ओलीबीच झण्डै डेढ घण्टा खुमलटारमा छलफल भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न बिहान उनकै निवास खुमलटार पुगेका थिए । दुई अध्यक्षबीच छलफल भइरहेका बेला उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए ।

स्थायी कमिटी बैठकको अघिल्लो दिन प्रचण्डलाई भेट्न ओली उनकै निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपा स्थायी कमिटीको अर्को बैठक आज फेरी बस्दैछ । तर छलफल र सहमतिबारे खुलाइएको छैन । पार्टीभित्रको विवाद समाधानबारे यसअघि पनि ओली र प्रचण्डबीच छलफल भएको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष प्रचण्ड हिजो बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विषयमा पछिल्लो पटक नेकपाभित्र विवाद छ ।

संम्बन्धित समचार

Leave a Reply